Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण्ण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले उक्त सुझाव दिएको हो । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनका क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड दिए। “संविधानको प्रस्तावना, विशेषगरी दोस्रो प्रस्तावनाको मूल भावना यथावत् राख्नुपर्छ,” उनले भने। धार्मिक व्यवस्थासम्बन्धी बहसतर्फ सङ्केत गर्दै उनले हालको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिए।

कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहस चलिरहेका बेला उनले हतारमा निष्कर्षमा नपुग्न आग्रह गरे। अत्यधिक स्थायित्वको खोजीमा मुलुक अर्को प्रकारको निरङ्कुशता वा सर्वसत्तावादतर्फ धकेलिन सक्ने जोखिमप्रति सचेत गराउँदै उनले यस्ता विषयमा अन्तरराष्ट्रिय अभ्यास र अनुभवको गहन अध्ययन आवश्यक भएको बताए।

संविधानको धारा ७६ अन्तर्गत सरकार गठन प्रक्रिया तथा अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्थामा व्यावहारिक कठिनाइ रहेको उल्लेख गर्दै उनले नयाँ सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने व्यवस्था परिमार्जन गरी त्यसलाई कम्तीमा छ महिनामा गर्नसकिने  प्रावधान थप्नुपर्छ भने। 

वर्तमान निर्वाचन प्रणालीमा समानुपातिक सांसदहरूको सङ्ख्या अत्यधिक हुँदा उनीहरू प्रत्यक्ष निर्वाचित सांसदभन्दा बढी प्रभावशाली र संसद्मा निर्णायक बन्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले समानुपातिकतर्फको सङ्ख्या ६० मा सीमित गर्न सुझाए। 

राज्यका विशिष्ट पदमा नियुक्ति भइसकेका व्यक्तिहरूलाई पुन: समानुपातिक कोटाबाट सांसद बनाउने अभ्यास रोकिनुपर्नेमा जोड दिँदै उनले राष्ट्रियसभाको गठन गर्दा महिला, दलित तथा उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्नेतर्फ ध्यानाकर्षण गराए। 

राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने न्यूनतम उमेर २५ वर्षबाट घटाएर २१ वर्ष  र राष्ट्रियसभा सदस्यका लागि न्यूनतम उमेर ३० वर्ष गर्नसकिने सुझाव पूर्वप्रधानन्यायाधीश शर्माले दिए । 

संविधानमै १० वर्षभित्र आयोगहरूको पुनरवलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उनले राष्ट्रिय मानव अधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताए।  यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ्ने उनको तर्क थियो । प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उनले बताए।

भौगोलिक तथा सामाजिक रूपमा पछाडि परेका कर्णाली र मधेस प्रदेशको समग्र विकासका लागि संविधानमै विशेष व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। दुवै प्रदेशमा नागरिक चेतना अभिवृद्धि तथा आर्थिक–सामाजिक उत्थानका कार्यक्रम केन्द्रित गर्न उनले सुझाए। 

मुलुकको बजेट प्रणालीमा देखिएको बेथिति नियन्त्रण गर्न आवश्यक भएको उल्लेख गर्दै उनले सुरु भइसकेका विकास आयोजना अलपत्र पार्ने, बजेट कटौती गर्ने वा रकमान्तर गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए। आयोजना सम्पन्न नभएसम्म बजेट सुनिश्चित हुने व्यवस्था कानुनी तथा संवैधानिक रूपमा बलियो बनाउनुपर्ने उनको सुझाव थियो ।

“न्यायपालिकाको गरिमा र निष्पक्षता जोगाउन न्यायाधीश नियुक्ति न्यायपरिषद्बाटै हुनुपर्ने भए पनि उनीहरूमाथिको कारबाही र अनुगमनका लागि स्वतन्त्र संयन्त्र आवश्यक छ । यस्तो उच्चस्तरीय समितिको नेतृत्व पूर्वप्रधानमन्त्रीलाई दिने व्यवस्था गर्न सके न्याय क्षेत्रमा जवाफदेहिता र पारदर्शिता सुदृढ हुन्छ”, पूर्वप्रधानन्यायाधीश रेग्मीले भने। 

कार्यदलका संयोजक असिम शाहले श्री रेग्मीबाट प्राप्त सुझावलाई ‘संविधान संशोधन बहसपत्र’मा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुधन गुरुङमाथिको छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...

विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज

चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...

राष्ट्रिय सभाको एक सिट साढे चार महिनादेखि रिक्त, ओम प्रकाश अर्यालको नाम अनुमोदन हुन सकेन

काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending