काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि उक्त स्थान खाली रहेको हो।
रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्यालको नाम सरकारले सिफारिस गरे पनि राष्ट्रपतिबाट अनुमोदन हुन सकेन। त्यसयता उक्त पदमा नयाँ नियुक्ति भएको छैन।
संविधानअनुसार राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ। तीमध्ये ५६ जना प्रदेशअनुसार गठित निर्वाचक मण्डलबाट निर्वाचित हुन्छन् भने तीन जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिन्छन्।
निर्वाचित सदस्यहरू प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी चयन गरिन्छन्। यसरी सातै प्रदेशबाट आठ–आठ जना गरी ५६ सदस्य राष्ट्रिय सभामा पुग्छन्।
मनोनित सदस्यहरू राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रख्यात विज्ञ वा बुद्धिजीवी हुनुपर्ने संवैधानिक व्यवस्था छ। साथै, मनोनित हुने तीन जनामध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्छ।
वामदेव गौतमको राजीनामापछि रिक्त भएको पदमा अर्याललाई १ चैत २०८२ मा सिफारिस गरिएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिस अनुमोदन नगरेपछि नियुक्ति प्रक्रिया अघि बढ्न सकेन।
प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको वर्तमान सरकारले पनि राष्ट्रिय सभाको रिक्त पदमा नयाँ नियुक्तिका लागि हालसम्म कुनै निर्णय गरेको छैन।
हाल राष्ट्रपतिबाट मनोनित सदस्यका रूपमा नारायण प्रसाद दाहाल र डा। अञ्जान शाक्य राष्ट्रिय सभामा रहेका छन्। रिक्त रहेको तेस्रो पदमा नियुक्ति कहिले हुन्छ भन्ने विषय अझै अन्योलमै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - १३:४०
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...
जेष्ठ २२ गते, २०८३ - १३:२६
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...
जेष्ठ २२ गते, २०८३ - १२:५८
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...
जेष्ठ २२ गते, २०८३ - १२:४७
काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...
जेष्ठ २२ गते, २०८३ - १२:३६
काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...
जेष्ठ २२ गते, २०८३ - १२:३०
चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...
जेष्ठ २२ गते, २०८३ - १२:१८
काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...
जेष्ठ २२ गते, २०८३ - ११:४६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...
जेष्ठ २२ गते, २०८३ - ११:३५
खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडि...
जेष्ठ २२ गते, २०८३ - ११:१७
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएको छिन् । ...



प्रतिकृया लेख्नुहोस्: