Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

सामाजिक सञ्जालमार्फत धम्की: खोटाङमा एक महिलाको ज्यान गयो

खबरडबली संवाददाता

खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडियो पठाउने तथा महिलाको फोटो प्रयोग गरी अश्लील सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्कीका कारण महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ निवासी ३२ वर्षीया देवी विष्ट कार्कीलाई सामाजिक सञ्जालमार्फत यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ गोगनेका ४९ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।

जेठ २० गते बिहान ७:३० बजे घर नजिकैको जंगलमा महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार लामो समयदेखि सामाजिक सञ्जालमार्फत दिइएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार फेसबुक, म्यासेन्जर र इमोमार्फत आरोपीले महिलालाई निरन्तर अश्लील सामग्री पठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा महिलाको फोटो प्रयोग गरी अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिने गरेको पाइएको छ।

महिलाले भेट्न अस्वीकार गरेपछि फोटोमा अश्लील शब्द र अडियो जोडेर भिडियो बनाएर सार्वजनिक गर्ने धम्कीसमेत दिइएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। हालसम्म उनीहरूबीच सामाजिक सञ्जालमार्फत मात्र कुराकानी भएको देखिएको र प्रत्यक्ष भेट नभएको पनि प्रहरीले जनाएको छ।

मोबाइल फोनहरू डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको र त्यसपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ। पुरुष र महिला दुवै विवाहित रहेको समेत खुलेको छ।

सामाजिक सञ्जालमार्फत मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य बनाउने कसुरमा पक्राउ परेका थापालाई जिल्ला अदालत दिक्तेलबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आत्महत्या दुरुत्साहनको अभियोगमा उनलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...

विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज

चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...

राष्ट्रिय सभाको एक सिट साढे चार महिनादेखि रिक्त, ओम प्रकाश अर्यालको नाम अनुमोदन हुन सकेन

काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...

सामाजिक सञ्जालमार्फत धम्की: खोटाङमा एक महिलाको ज्यान गयो

खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडि...

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो: पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएको छिन् । ...

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ: नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएको छन्। विश्व वातावरण दिव...

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार स्थगित भएको छ। समितिको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची तय गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending