Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार प्रकाशित ३३ जना एसएसपीहरूको सरुवामध्ये केही व्यवस्था संशोधन गरिएको हो।

संशोधित निर्णयअनुसार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा सरुवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट हटाई अन्यत्र काज सरुवा गरिएको छ। उनलाई पुन: विशेष ब्युरोमा पठाउने निर्णय गरिएको छ।

त्यसैगरी, विशेष ब्युरोमा कार्यरत एसएसपी सुरेश काफ्लेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।

यसअघि प्रकाशित सरुवा सूचीमा कोइरालालाई एक इन्चार्ज पदबाट अर्को इन्चार्ज पदमा सिधै सरुवा गरिएको भन्दै आलोचना भएको थियो। प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्डअनुसार एउटा ‘ख’ श्रेणीको कार्यालय (प्रदेश कार्यालय वीरगन्ज) बाट ‘क’ श्रेणीको कार्यालय (उपत्यका ट्राफिक) मा इन्चार्ज सरुवा गर्नुअघि कम्तीमा एक वर्ष अन्य कार्यालयमा काम गरेको हुनुपर्ने व्यवस्था छ।

तर उक्त मापदण्ड पालना नगरी सिफारिस गरिएको भन्दै विवाद उत्पन्न भएको थियो। सोही विवादपछि गृह मन्त्रालयले सरुवा निर्णय सच्याएको बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...

राजस्व छली आशंकामा नियन्त्रणमा रहेका ७७९ विद्युतीय सवारीबारे छानबिन समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...

सुधन गुरुङमाथिको छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending