Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

खबरडबली संवाददाता

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने दूरगामी लक्ष्यका साथ निर्माण गर्न लागिएको उद्यानको राष्ट्रपति पौडेलले आज सोमबार शिलान्यास गरेको हो ।

राष्ट्रपति पौडेलकै विशेष परिकल्पना र पहलमा यो आयोजनाले मूर्त रूप लिन लागेको हो, जसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।

यसअघि घोषणा भएर पनि विभिन्न प्राविधिक कारणले अगाडि बढ्न नसकेको यस आयोजनालाई वर्तमान सरकारले प्राथमिकतामा राख्दै निर्माण कार्य सुरु गरेको हो ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट उद्यानको पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको छ ।

गुरुयोजना अनुसार निर्माण हुने यस उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण गरिने छ । यस परियोजनाको मुख्य उद्देश्य आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्नु र विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा साझा प्राज्ञिक थलो निर्माण गर्नु रहेको छ ।

उद्यानभित्र आगामी दिनमा सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूनाहरू र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिने योजना रहेको छ ।

यसले चुँदी रम्घालाई एउटा सांस्कृतिक तीर्थस्थलको रूपमा विकास गर्ने विश्वास लिइएको भानु नगरपालिकाको उपप्रमुख उमा गोतामे बताउछन्।

गोतामेले यो उद्यान भौतिक संरचना मात्र नभई अनुसन्धानकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण केन्द्र बन्ने उल्लेख गर्नुभयो ।नेपाली भाषालाई विस्तार गर्ने श्रेय पाएका आदिकविको जन्मस्थानमा यति ठुलो लगानीमा निर्माण सुरु हुनुले स्थानीयवासीहरूमा उत्साह थपेको छ । 

शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय गरिएको थियो भने राष्ट्रपतिको आगमनलाई लिएर तनहुँको सुरक्षा व्यवस्थालाई पनि अत्यन्तै चुस्त र प्रभावकारी बनाइएको थियो । 

यो आयोजना सम्पन्न भएसँगै भानु नगरपालिका विश्वभरका नेपाली साहित्य अनुरागीहरूको प्रमुख आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending