Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नयाँ दल दर्ताको होड: निर्वाचनकाे लागि राजनीतिक सक्रियता तीव्र

खबरडबली संवाददाता

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक दल दर्ताको होड तीव्र बन्दै गएको छ । निर्वाचन आयोगमा हालसम्म २५ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन् । 

कानुनले ४५ दिनको समय तोके पनि आकस्मिक रूपमा निर्वाचन घोषणा भएपछि आयोगले सीमित अवधिभित्र दल दर्ता गर्न आग्रह गरेको छ ।

आयोगका अनुसार कात्तिक मसान्तसम्म नयाँ दल दर्ताका लागि समय तोकिएको छ । त्यसपछि मंसिर १ देखि १० गतेसम्म निर्वाचनमा भाग लिन चाहने दलका लागि छुट्टै दर्ता प्रक्रिया सञ्चालन हुनेछ । यस कारण नयाँ दलहरूमा समयमै सबै प्रक्रिया पुर्‍याउने दबाब बढेको छ ।

कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार दर्ताका लागि दलले आफ्नो केन्द्रीय समिति, घोषणापत्र, नियमावली र विधान आयोगको ढाँचामा पेस गर्नुपर्छ । साथै, केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमै गराएर सनाखत गर्नुपर्ने र पाँच सयजना मतदाताको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

“जिल्ला निर्वाचन कार्यालयले ती मतदाताको सनाखत गरी आयोगलाई पठाएपछि मात्र दर्ता प्रक्रिया पूरा हुन्छ,” भट्टराईले भने । उनका अनुसार नाम, झन्डा र चिन्ह संविधान र कानुन विपरीत नभएपछि आयोगले प्रमाणपत्र जारी गर्छ ।

२५ नयाँ दल दर्ता प्रक्रियामा

हाल आयोगमा दर्ताका लागि निवेदन दिने दलमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जेन–जी पार्टी, हाम्रो पार्टी नेपाल, नवयुग पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभर पार्टी लगायत छन् ।

त्यस्तै, नेपाल राष्ट्रिय युवा पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, राष्ट्र निर्माण पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल र राष्ट्रिय स्वराज पार्टी लगायतका दल पनि दर्ता प्रक्रियामा रहेका छन् ।

जेन–जी आन्दोलन अघि नौ दलले दर्ताका लागि निवेदन दिएको भए पनि केही दल सम्पर्कमा नआएको र कागजात अपुरो रहेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

यी हुन दर्ता भएका दल

निर्वाचन आयोगका तथ्यांकअनुसार हालसम्म १२५ दल दर्ता भइसकेका छन् । श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनस्वराज पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), गान्धीवादी पार्टी नेपाल, नागरिक शक्ति नेपाल, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेकपा (माक्र्सवादी), नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, मधेशी जनअधिकार फोरम मधेश, नेकपा (एमाले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, शिव सेना नेपाल, बहुजन शक्ति पार्टी, नेपाल मानवता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, संघीय नेपाल पार्टी, नेपाल समाजवादी कांग्रेस, नेपाल जनता संरक्षण पार्टी, बहुजन समाज पार्टी नेपाल, जन–राष्ट्रवादी पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, नेपाल जनता दल, राष्ट्रवादी एकता पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, लोक दल, देशभक्त समाज, मितेरी पार्टी नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपा: राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च, जनजागरण पार्टी नेपाल, नेपालवाद पार्टी, विकासशील जनता पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, त्रिमूल नेपाल, राष्ट्रवादी युवा मोर्चा, नेपाल समाजवादी पार्टी (लोहियावादी), इतिहासिक जनता पार्टी, आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल संघीय समाजवादी पार्टी, आमआदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), विवेकशील साझा पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), नेपाल सद्भावना पार्टी, राष्ट्रिय साझा पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, सचेत नेपाली पार्टी, नेस्नलिस्ट पिपुल्स पार्टी, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, नेकपा (समाजवादी), राष्ट्रिय सद्भावना पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल विवेकशील पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाली जनएकता पार्टी, आमजनता पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, संयुक्त नागरिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), साझा पार्टी नेपाल, नेकपा (गौरवशाली), नेकपा (माओवादी–समाजवादी), देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, नेकपा एकता राष्ट्रिय अभियान, समावेशी समाजवादी पार्टी नेपाल, जय जन्मभूमि पार्टी नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय समता पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, परिवर्तन पार्टी, नेपाल जनजागृति पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE