Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नयाँ दल दर्ताको होड: निर्वाचनकाे लागि राजनीतिक सक्रियता तीव्र

खबरडबली संवाददाता

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक दल दर्ताको होड तीव्र बन्दै गएको छ । निर्वाचन आयोगमा हालसम्म २५ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन् । 

कानुनले ४५ दिनको समय तोके पनि आकस्मिक रूपमा निर्वाचन घोषणा भएपछि आयोगले सीमित अवधिभित्र दल दर्ता गर्न आग्रह गरेको छ ।

आयोगका अनुसार कात्तिक मसान्तसम्म नयाँ दल दर्ताका लागि समय तोकिएको छ । त्यसपछि मंसिर १ देखि १० गतेसम्म निर्वाचनमा भाग लिन चाहने दलका लागि छुट्टै दर्ता प्रक्रिया सञ्चालन हुनेछ । यस कारण नयाँ दलहरूमा समयमै सबै प्रक्रिया पुर्‍याउने दबाब बढेको छ ।

कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार दर्ताका लागि दलले आफ्नो केन्द्रीय समिति, घोषणापत्र, नियमावली र विधान आयोगको ढाँचामा पेस गर्नुपर्छ । साथै, केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमै गराएर सनाखत गर्नुपर्ने र पाँच सयजना मतदाताको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

“जिल्ला निर्वाचन कार्यालयले ती मतदाताको सनाखत गरी आयोगलाई पठाएपछि मात्र दर्ता प्रक्रिया पूरा हुन्छ,” भट्टराईले भने । उनका अनुसार नाम, झन्डा र चिन्ह संविधान र कानुन विपरीत नभएपछि आयोगले प्रमाणपत्र जारी गर्छ ।

२५ नयाँ दल दर्ता प्रक्रियामा

हाल आयोगमा दर्ताका लागि निवेदन दिने दलमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जेन–जी पार्टी, हाम्रो पार्टी नेपाल, नवयुग पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभर पार्टी लगायत छन् ।

त्यस्तै, नेपाल राष्ट्रिय युवा पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, राष्ट्र निर्माण पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल र राष्ट्रिय स्वराज पार्टी लगायतका दल पनि दर्ता प्रक्रियामा रहेका छन् ।

जेन–जी आन्दोलन अघि नौ दलले दर्ताका लागि निवेदन दिएको भए पनि केही दल सम्पर्कमा नआएको र कागजात अपुरो रहेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

यी हुन दर्ता भएका दल

निर्वाचन आयोगका तथ्यांकअनुसार हालसम्म १२५ दल दर्ता भइसकेका छन् । श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनस्वराज पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), गान्धीवादी पार्टी नेपाल, नागरिक शक्ति नेपाल, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेकपा (माक्र्सवादी), नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, मधेशी जनअधिकार फोरम मधेश, नेकपा (एमाले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, शिव सेना नेपाल, बहुजन शक्ति पार्टी, नेपाल मानवता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, संघीय नेपाल पार्टी, नेपाल समाजवादी कांग्रेस, नेपाल जनता संरक्षण पार्टी, बहुजन समाज पार्टी नेपाल, जन–राष्ट्रवादी पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, नेपाल जनता दल, राष्ट्रवादी एकता पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, लोक दल, देशभक्त समाज, मितेरी पार्टी नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपा: राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च, जनजागरण पार्टी नेपाल, नेपालवाद पार्टी, विकासशील जनता पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, त्रिमूल नेपाल, राष्ट्रवादी युवा मोर्चा, नेपाल समाजवादी पार्टी (लोहियावादी), इतिहासिक जनता पार्टी, आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल संघीय समाजवादी पार्टी, आमआदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), विवेकशील साझा पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), नेपाल सद्भावना पार्टी, राष्ट्रिय साझा पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, सचेत नेपाली पार्टी, नेस्नलिस्ट पिपुल्स पार्टी, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, नेकपा (समाजवादी), राष्ट्रिय सद्भावना पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल विवेकशील पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाली जनएकता पार्टी, आमजनता पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, संयुक्त नागरिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), साझा पार्टी नेपाल, नेकपा (गौरवशाली), नेकपा (माओवादी–समाजवादी), देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, नेकपा एकता राष्ट्रिय अभियान, समावेशी समाजवादी पार्टी नेपाल, जय जन्मभूमि पार्टी नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय समता पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, परिवर्तन पार्टी, नेपाल जनजागृति पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending