Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित) सहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।

सरकारी वकिल कार्यालयले मुख्य प्रतिवादी कुमार थापा मगरमाथि कर्तव्य ज्यानको कसुरमा जन्मकैदको माग गर्दै अभियोग दर्ता गरेको हो। घटनामा कुमारसँगै प्रतीक्षा आचार्य, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई हत्यामा दुरुत्साहन गरेको आरोपमा प्रतिवादी बनाइएको छ।

अनुसन्धानका क्रममा कुमारले आफ्नी श्रीमतीको हत्या गरेको स्वीकार गर्दै पारिवारिक विवाद, विवाहेत्तर सम्बन्ध र आफूविरुद्ध दर्ता भएका कानुनी मुद्दाले मानसिक तनाव बढेको बयान दिएका छन्। प्रहरीसमक्ष उनले टिकटकमा विभिन्न युवतीसँग भिडियो बनाउने क्रममा श्रीमतीसँग सम्बन्ध बिग्रिएको र त्यसले लगातार पारिवारिक कलह निम्त्याएको बताएका छन्।

प्रहरीका अनुसार कुमारको प्रतीक्षा आचार्यसँग प्रेम सम्बन्ध थियो। यही विषयलाई लिएर ईश्वरी भुजेलले सम्बन्धविच्छेद प्रक्रिया अघि बढाउनुका साथै वैवाहिक जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। ती घटनापछि आफू थप तनावमा परेको कुमारको बयान उद्धृत गर्दै अभियोगपत्रमा उल्लेख गरिएको छ।

अभियोगपत्रअनुसार २०८३ जेठ २२ गते अदालतको पेशीपछि घर फर्किरहेकी ईश्वरीलाई कुमारले कारबाट पछ्याएका थिए। त्यसपछि पैयुँटार क्षेत्रमा चक्कुले घाँटी रेटेर हत्या गरी घटनास्थलबाट फरार भएको आरोप छ। घटनास्थल नजिकको सीसीटीभी फुटेजमा उनले स्कुटर पछ्याएको, आक्रमण गरेको र त्यसपछि कारमा भागेको दृश्य देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनापछि कुमारलाई बालाजु–चमती क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउका बेला उनले लगाएको कपडामा रगतका दाग भेटिएको तथा घटनामा प्रयोग भएको चक्कु पनि बरामद गरिएको अनुसन्धानबाट खुलेको छ। मोबाइलको डिजिटल फरेन्सिक परीक्षण, सीसीटीभी फुटेज र अन्य भौतिक प्रमाण अभियोगपत्रसँगै अदालतमा पेस गरिएको छ।

अन्य प्रतिवादीमध्ये प्रतीक्षा आचार्यले कुमारसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छन्। यद्यपि, हत्या योजनामा आफ्नो संलग्नता अस्वीकार गरेकी छन्। तर अनुसन्धानका क्रममा उनीमाथि हत्या गर्न उक्साएको आरोप लगाइएको छ।

यस्तै, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीमाथि पनि मुख्य प्रतिवादीलाई हत्याका लागि दुरुत्साहन गरेको आरोप लगाइएको छ। अभियोगपत्रमा उनीहरूले विभिन्न माध्यमबाट घटनाको पृष्ठभूमि तयार गर्न भूमिका खेलेको दाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले कुमारलाई मुलुकी अपराध संहिता, २०७४ को कर्तव्य ज्यानसम्बन्धी व्यवस्थाअनुसार जन्मकैदको सजाय माग गरेको छ। अन्य तीन प्रतिवादीलाई दुरुत्साहनको कसुरमा मुख्य अभियुक्तसरह सजाय हुनुपर्ने माग गरिएको छ। साथै, घटनामा प्रयोग भएको कार जफत गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतसमक्ष माग गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending