काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गर्दै सहज जित दर्ता गरेको हो।
स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक–एक गोल गरे।
खेलको १०औँ मिनेटमा जोहान मानजाम्बीको पासमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको स्विट्जरल्यान्डका लागि दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै डान एनडोएले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। नटिङहम फरेस्टबाट खेल्ने विंगर एनडोएले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
८१औँ मिनेटमा स्विट्जरल्यान्डले तेस्रो गोल गर्ने सुनौलो अवसर गुमायो। फाबियन रिडरले पोस्ट नजिकबाट गरेको प्रहार अल्जेरियाका गोलरक्षकले सहजै बचाएका थिए।
अब स्विट्जरल्यान्डले अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यससँगै अल्जेरिया राउन्ड अफ ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ। हालसम्म राउन्ड अफ ३२ खेलेका ६ अफ्रिकी टोलीमध्ये मोरक्को मात्र अन्तिम १६ मा पुग्न सफल भएको छ।
अल्जेरियासँगै दक्षिण अफ्रिका, आइभरी कोस्ट, डिआर कंगो र सेनेगल पनि राउन्ड अफ ३२ बाट बाहिरिएका छन्। अफ्रिकाबाट विश्वकपमा सहभागी १० टोलीमध्ये अब केप भर्डे, इजिप्ट र घानाले राउन्ड अफ ३२ का खेल खेल्न बाँकी छ भने ट्युनिसिया समूह चरणबाटै बाहिरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: