काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ ।
मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो ।
विभागका प्रवक्ता डा मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए।
विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट रु ७० करोड बराबरको क्षति भएको थियो ।
बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ ।
गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ । भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिम रहेकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताए।
रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रणकक्ष स्थापना गरिएको छ । रोग देखिएका क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी नियन्त्रणको प्रयास जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...
आषाढ़ १९ गते, २०८३ - १०:४३
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...
आषाढ़ १९ गते, २०८३ - १०:३६
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...
आषाढ़ १९ गते, २०८३ - १०:३०
दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...



प्रतिकृया लेख्नुहोस्: