Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

संसद् पुनर्स्थापनाको माग: एमाले कांग्रेस जेनजी आन्दोलनको भावनाविपरीत प्रतिगामी कदममा अघि बढ्दै

खबरडबली संवाददाता

काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि नेपाली कांग्रेस र नेकपा एमाले दुबै दलका निवर्तमान सांसदहरूले पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । कांग्रेसले यसलाई पार्टीको आन्तरिक निर्णयका लागि आधारका रूपमा प्रस्तुत गर्न खोज्दै छ भने एमालेले ‘राजनीतिक र कानुनी रूपमा पुनर्स्थापना हुनुपर्छ’ भन्ने अडान लिएको छ । 

तर यी दुवै अभियानले अहिलेको राजनीतिक परिप्रेक्ष्यमा नयाँ राजनीतिक निकास होइन, उल्टै प्रतिगामी अवस्थाको संकेत गरेको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले देशलाई एउटा नयाँ दिशातर्फ मोडेको थियो । जनताले पुरानो राजनीतिक ढाँचा र दलहरूको सत्ता खेलप्रति असन्तोष प्रकट गर्दै नयाँ व्यवस्था र उत्तरदायी प्रणालीको माग गरेका थिए । 

आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र त्यसपछि अन्तरिम सरकार गठन भयो । यो अन्तरिम संरचना नै परिवर्तनको प्रक्रिया अगाडि बढाउने उद्देश्यले बनेको हो । त्यसको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुनमा निर्वाचनको मिति तोक्दा, त्यसलाई जनआन्दोलनको स्वाभाविक निरन्तरता मानिएको थियो । फेरि सरकारले चुनावी गतिविधि गरिरहेकाे छ ।

तर अहिलेका सांसदहरूले पुनः प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन्, जुन आन्दोलनको भावना र जनताको अपेक्षासँग ठ्याक्कै उल्टो दिशामा छ । जेनजी आन्दोलनले जनप्रतिनिधिहरूको असफलता, दलहरूको सत्ताकाङ्क्षा र संसद्‌मा भएको जनविरोधी राजनीति विरुद्ध नै आवाज उठाएको थियो । यिनै सांसदहरू पुनः संसद् पुनर्स्थापित गर्न खोज्नु भनेको जनताले दिएको स्पष्ट सन्देश अस्वीकार गर्नु हो ।

संविधानको मर्म पनि यही हो कि जब संसद् जनताको म्यान्डेट पूरा गर्न असफल हुन्छ, त्यसपछि नयाँ जनादेशका लागि चुनावमार्फत अगाडि बढ्नुपर्छ । अहिले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने मागले संविधानको प्रगतिशील धारालाई कमजोर पार्छ । यसले राजनीतिक संक्रमण झन् लामो बनाउँछ, जनतामा पुनः निराशा ल्याउँछ, र आन्दोलनले सिर्जना गरेको उर्जा शिथिल पार्छ ।

कांग्रेस र एमालेका सांसदहरूले अदालतमा जाने वा पार्टीमार्फत दबाब सिर्जना गर्ने तयारी गरिरहेका छन् । तर यो कानुनी होइन, मूलतः राजनीतिक विषय हो । अदालतको हस्तक्षेपबाट देशमा स्थायी समाधान आउँदैन । देशलाई अब आवश्यक छ । नयाँ नेतृत्व, नयाँ राजनीतिक सोच र जनआन्दोलनको दिशामा अग्रसर हुने विकल्प ।

सांसदहरूको हस्ताक्षर अभियानले देखाएको अर्को गम्भीर समस्या हो । दलहरू अझै पनि आफ्नो सत्ता संरचना जोगाउने र पुरानो राजनीतिक सन्तुलन फर्काउने प्रयासमा छन् । जेनजी आन्दोलनले दल–केन्द्रित सत्ताको अन्त्य र प्रणाली–केन्द्रित शासनको सुरुवात चाहेको थियो । तर सांसदहरूले पुनः संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलनको राजनीतिक उपलब्धि नै मेटाउने प्रयास गरिरहेका छन् ।

अन्तरिम सरकार गठनको उद्देश्य नै यही थियो । चुनावमार्फत जनताबाट नयाँ जनादेश लिनु र पुरानो संसद् र सरकारको असफलताबाट निस्कनु । यस्तो अवस्थामा संसद् पुनर्स्थापनाको मागले देशलाई पुनः राजनीतिक अनिश्चिततामा फसाउने खतरा राख्छ । विघटनपछि सर्वोच्च अदालतमा १७ वटा रिट दर्ता भइसकेका छन्, तर अदालतको निर्णयले पनि अन्ततः राजनीतिक निकास दिन सक्दैन । निकास जनताको म्यान्डेट र आन्दोलनले तय गर्छ, कागजी निर्णयले होइन ।

नेपाल अहिले परिवर्तनको नाजुक मोडमा छ । यस बेला पुरानो संसद् पुनःस्थापना गर्नु भनेको जेनजी आन्दोलनको मूलभावना-‘नयाँ राजनीतिक संस्कृतिको स्थापना’-प्रति विश्वासघात गर्नु हो । जनताको आक्रोश र आन्दोलनको शक्ति पुरानो सत्ता संरचना पुनःस्थापित गर्न होइन, नयाँ सामाजिक-राजनीतिक संरचना निर्माण गर्न उन्मुख थियो ।

त्यसैले अहिलेको वास्तविक राजनीतिक जिम्मेवारी दलहरू र सांसदहरूले होइन, जनताले निर्वाचित नयाँ नेतृत्वले वहन गर्नुपर्छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग जनभावनाविपरीत, आन्दोलनविपरीत र देशलाई पुनः अराजक राजनीतिक घुम्तीमा पुर्‍याउने कदम हो ।

नेपाललाई अब स्थायित्व र दिशानिर्देश दिने उपाय नयाँ जनादेश हो । पुरानो संसद् पुनर्जीवित गरेर होइन, नयाँ जनआधारित राजनीतिमा प्रवेश गरेर मात्र । जेनजी आन्दोलनको आत्मा यही हो, र त्यस आत्माविपरीत जाने कुनै पनि प्रयास अन्ततः इतिहासका पानामा प्रतिगमनको उदाहरणका रूपमा मात्र रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE