Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

खबरडबली संवाददाता

काठमाडौं । कर्णालीका नागरिकका लागि अहिले बिरामी हुनु नै जोखिम बनेको छ । सडक असुरक्षित छ, हवाई सेवा भरपर्दो छैन । उपचारका लागि समयमै जिल्ला बाहिर जान नपाउँदा बिरामीले ज्यान गुमाउने र परिवारले अपूरणीय क्षति बेहोर्नुपर्ने अवस्था बढ्दो छ ।

हिमा गाउँपालिका–६ का ७१ वर्षीय कलबहादुर अधिकारी अहिले पनि त्यो दिन सम्झेर भावुक हुन्छन् । कडा मधुमेह र प्रोस्टेट समस्याका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले उनलाई नेपालगन्ज रिफर गर्‍यो । चिकित्सकले तत्काल ‘युरो सर्जरी’ गर्नुपर्ने बताएका थिए ।

परिवारले दिनभर जहाज कुर्‍यो । तर उडान भएन । अन्ततः एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निर्णय भयो । तर उपचारको यात्रा नै दुर्घटनामा बदलियो ।

कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोलानजिक एम्बुलेन्स दुर्घटना हुँदा उनका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । कलबहादुर स्वयं घाइते भए ।

“त्यो दिन जहाज आएको भए मेरो उपचार सहज हुन्थ्यो, छोराको ज्यान जाँदैनथ्यो,” उनले गहभरि आँसु पार्दै भने ।

यो घटना कर्णालीको स्वास्थ्य र यातायात संकटको प्रतिनिधि उदाहरण बनेको छ । जुम्ला, मुगु, हुम्ला, डोल्पाजस्ता हिमाली जिल्लामा बिरामीका लागि हवाई सेवा जीवन–मृत्युको विषय बन्ने गरेको छ । तर नियमित उडान नहुँदा सर्वसाधारण जोखिमपूर्ण सडक यात्रामा बाध्य छन् ।

चन्दननाथ नगरपालिका–८ की २१ वर्षीया सवि कामी मुटु, छाती र फोक्सोको समस्याबाट पीडित छिन् । चिकित्सकले अक्सिजनसहित जहाजमार्फत नेपालगन्ज लैजान सुझाव दिए । तर उडान रद्द भयो ।

“बुधबार टिकट थियो, मौसम भन्दै जहाज आएन,” उनका भाइ विनोद कामीले भने, “फेरि अस्पतालमै फर्किनुपर्‍यो ।”

तिला गाउँपालिका–८ की दुर्गा रावत पनि दुई दिन विमानस्थल धाउँदा–धाउँदै उपचारका लागि जान नपाएर घर फर्किइन् ।

“गाडीको यात्रा सहनै सकिँदैन,” उनले भनिन्, “जहाज कुर्दाकुर्दै टिकट रद्द गर्नुपर्‍यो ।”

स्थानीयका अनुसार पर्यटकीय मौसम सुरु भएपछि निजी एयरलाइन्सले जहाज पूर्वी र पर्यटकीय रुटमा केन्द्रित गर्दा कर्णालीका उडान झन् प्रभावित बनेका छन् । नेपाल एयरलाइन्सको उडान पनि मौसम र प्राविधिक कारण देखाउँदै पटक–पटक रद्द हुने गरेको छ ।

गत साता नेपाल एयरलाइन्सले नेपालगन्ज–जुम्ला रुटमा चार उडान तालिका सार्वजनिक गरे पनि अधिकांश उडान हुन सकेनन् । स्थानीय चन्द्रलाल न्यौपाने भन्छन्, “उडान रद्द हुँदा बिरामीको ज्यान नै जोखिममा पर्छ, तर कसैले गम्भीर रूपमा लिँदैन ।”

सडक अवस्था पनि त्यत्तिकै भयावह छ । २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग अझै साँघुरो ‘सिंगल लेन’मै सीमित छ । सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुन्छ । कालोपत्र उप्किएको सडकमा यात्रा गर्दा दुर्घटनाको डर सधैं रहन्छ ।

नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीका कारण उडान प्रभावित भइरहेको दाबी गर्छन् । “सेड्युल अनुसार यात्रु बोलाउँछौँ, तर जहाज नआएपछि फर्काउनुपर्ने अवस्था हुन्छ,” उनले भने ।

हाल जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । तर स्थानीयको आरोप छ । यात्रु कम देखाएर निजी एयरलाइन्सले अन्तिम समयमा उडान रद्द गर्ने गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार नियमित उडान नहुँदा रिफर गरिएका बिरामीलाई समेत फेरि अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था छ ।

जुम्लामा टिकट वितरण पारदर्शी बनाउने, बिरामीका लागि सिट छुट्याउने र नियमित उडान सुनिश्चित गर्ने निर्णय यसअघि पटक–पटक भएका थिए । तर ती निर्णय कागजमै सीमित छन् ।

परिणामतः कर्णालीका बिरामी अझै जहाजको प्रतीक्षामै छन् । जबकि उनीहरूका लागि सडक यात्रा उपचारको बाटो होइन, ज्यानकै जोखिम बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending