Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

दक्षिण एसियामै महँगो इन्धन : राहत दिने छिमेकी, मूल्य बढाउने नेपाल

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि चर्किएको छ। पछिल्ला केही सातामै पटक–पटक समायोजन गर्दै नेपाल आयल निगमले डिजेल, पेट्रोल र एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा बढाएको छ। परिणामतः नेपाल अहिले दक्षिण एसियामै महँगो इन्धन बेच्ने देशको सूचीमा उक्लिएको छ।

सरकारको नेतृत्व परिवर्तनसँगै इन्धन नीतिमा सुधार हुने अपेक्षा गरिए पनि व्यवहारमा भने उपभोक्ताले राहतभन्दा बढी मूल्यवृद्धिको भार खेप्नुपरेको छ। विगतमा मूल्यवृद्धिको चर्को विरोध गर्ने नेताहरू नै अहिले सत्तामा रहँदा लगातार मूल्य बढ्नुले राजनीतिक नैतिकतामाथि प्रश्न उठाएको छ।

सीमापारि सस्तो, नेपालमा महँगो

भारतसँग खुला सीमा जोडिएको नेपालमा मूल्य अन्तर झनै चर्को देखिएको छ। भारतीय सीमावर्ती बजारमा पेट्रोल र डिजेल नेपाली बजारभन्दा दर्जनौँ रुपैयाँ सस्तो पाइँदा सीमापारि इन्धन भर्न जाने क्रम बढेको छ। यसले तस्करी र अवैध कारोबारको जोखिमसमेत बढाएको सरोकारवालाको भनाइ छ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार एउटै स्रोतबाट आयात हुने इन्धनमा यति ठूलो मूल्य अन्तर देखिनु अस्वाभाविक हो। निगमले परल मूल्य र कर संरचना पारदर्शी रूपमा सार्वजनिक नगर्दासम्म उपभोक्ताको विश्वास फर्किन कठिन हुने उनको तर्क छ।

घाटा कि व्यवस्थापनको कमजोरी ?

निगमले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण घाटा बढेको दाबी गर्दै आएको छ। नयाँ मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर झण्डै १ सय रुपैयाँ घाटा रहेको निगमको तथ्यांक छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार एकै पटक ठूलो मूल्यवृद्धि नगरी चरणबद्ध रूपमा समायोजन गर्नु बाध्यता हो।

तर आलोचकहरू भने निगमको ‘घाटा’ दाबीमाथि प्रश्न उठाउँछन्। उपभोक्ता अधिकारकर्मी विष्णु तिमल्सिनाका अनुसार मूल्य स्थिरीकरण कोषमा अर्बौँ रुपैयाँ संचित हुँदा पनि संकटका बेला प्रयोग नगरिनु उपभोक्तामाथि अन्याय हो। उनका अनुसार कर संरचना घटाएर वा अस्थायी अनुदान दिएर मूल्य नियन्त्रण गर्न सकिन्थ्यो।

छिमेकी देशको राहत नीति

दक्षिण एसियाका अन्य देशहरूले भने भिन्न बाटो अपनाएका छन्। भारतले कर समायोजन र ‘डाइनामिक प्राइसिङ’ प्रणालीमार्फत मूल्य नियन्त्रण गर्दै आएको छ। पाकिस्तान र बंगलादेशले लक्षित अनुदान घोषणा गरेका छन् भने श्रीलंका र भुटानले कर घटाएर बजार हस्तक्षेप गरेका उदाहरण छन्।

यसको तुलनामा नेपालमा कर, पूर्वाधार शुल्क र अन्य शीर्षक जोडिँदै जाँदा उपभोक्ताले प्रत्यक्ष राहत नपाएको गुनासो बढेको छ।

सरकारको भूमिका कहाँ ?

अर्थविद् डा. डिल्लीराज खनालका अनुसार सरकारले मूल्यवृद्धिको कारण, परल मूल्य र कर संरचना स्पष्ट रूपमा सार्वजनिक नगर्दा विश्वसनीयताको संकट पैदा भएको छ। ‘कर घटायौँ’ भन्ने घोषणापछि तुरुन्तै मूल्य बढ्नुले उपभोक्तामा भ्रम र असन्तोष बढाएको उनको भनाइ छ।

सरकारले आयल निगमलाई अगाडि सारेर आफू पन्छिने प्रवृत्ति देखिएको आरोपसमेत लागेको छ। मूल्यवृद्धि बाध्यता भए पनि त्यसको ठोस आधार र दीर्घकालीन रणनीति सार्वजनिक हुनुपर्ने माग उठेको छ।

दीर्घकालीन समाधान ?

विशेषज्ञहरूका अनुसार भारतमा पूर्ण निर्भरता घटाएर वैकल्पिक आपूर्ति स्रोत खोज्नु, मूल्य स्थिरीकरण कोष सक्रिय बनाउनु र विद्युतीय ऊर्जाको प्रयोग विस्तार गर्नु दीर्घकालीन समाधान हुन सक्छ।

नेपालमा उत्पादन हुने जलविद्युत्को उपयोग बढाएर खाना पकाउने चुलो र सवारीसाधनलाई विद्युतीकरणतर्फ लैजान सके आयातित इन्धनमा निर्भरता घटाउन सकिने सुझावसमेत आएका छन्।

इन्धनको मूल्यवृद्धि केवल पम्पसम्म सीमित विषय होइन; यसले यातायात, ढुवानी, खाद्यान्न र समग्र महँगीलाई प्रभावित गर्छ। छिमेकी देशहरूले राहतका उपाय खोजिरहँदा नेपालमा भने मूल्यवृद्धिको चक्र दोहोरिनु उपभोक्ताका लागि चासो र चिन्ताको विषय बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending