Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ३९.१ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत मसान्तसम्म कुल १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष यही अवधिमा वृद्धि दर १०.२ प्रतिशत मात्रै थियो ।

गत चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्ष सोही महिनामा यो रकम १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्सको उच्च वृद्धिसँगै देशको शोधनान्तर स्थिति पनि मजबुत बनेको छ । ९ महिनामा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यो बचत ३ खर्ब ४६ अर्ब रुपैयाँ थियो ।

त्यस्तै चालु खाता पनि ६ खर्ब १८ अर्ब रुपैयाँ बचतमा पुगेको छ । विदेशी मुद्रा सञ्चिति बढेर ३४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम पनि उच्च नै देखिएको छ । समीक्षा अवधिमा २ लाख ९४ हजारभन्दा बढी नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् भने करिब २ लाख ९३ हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।

विदेशबाट आएको पैसाले अर्थतन्त्रमा राहत देखिए पनि उत्पादन, रोजगारी र उद्योग विस्तारभन्दा रेमिट्यान्समै निर्भरता बढ्दै गएको चिन्तासमेत देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...

दुई दिनदेखि बेपत्ता बालककाे खोजीकार्य जारी

सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...

नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...

नीति तथा कार्यक्रमको ‘हुनेछ’ र ‘गरिनेछ’ सुन्दासुन्दा म थाकेँः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending