काठमाडौं । विश्वको सबैभन्दा खतरनाक समुद्री मार्ग मानिने ल्याम्पेडुसा अन्तर्राष्ट्रिय जलक्षेत्रमा फेरी डुङ्गा पल्टिएको छ ।
यस दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी अझै बेपत्ता छन् । यो डुङ्गामा समुद्री मार्गबाट इटाली पुग्न खोजिरहेका आप्रवासी बोकेका थिए।
डुङ्गामा सवार अन्य ६० जनालाई लाम्पेडुसा केन्द्रमा लगिएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) र स्थानीय अधिकारीहरूका अनुसार यो डुङ्गा लिबियाबाट गएको थियो। त्यतिबेला करिब एक सय जना थिए । दुर्घटनापछि २० जनाको शव निकालिएको छ भने १२ जनाको खोजी कार्य जारी छ ।
लाम्पेडुसाका मेयर फिलिपो मान्निनोले दुर्घटना बिहानै भएको हुनसक्ने बताए । युएनएचसीआरका अनुसार यस वर्ष अहिलेसम्म मध्य भूमध्यसागरीय मार्ग हुँदै इटाली पुग्ने प्रयासमा ६ सय ७५ आप्रवासीको मृत्यु भएको छ, जसमा पछिल्लो घटना समावेश छैन।
मेयरले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, ‘लाम्पेडुसाको तटमा अर्को डुङ्गा दुर्घटनाबाट गहिरो पीडा छ, जहाँ युएनएचसीआर ले हाल बाँचेकाहरूलाई सहयोग गरिरहेको छ। ’
युएनएचसीआरको तथ्यांक अनुसार सन् २०२५ को पहिलो ६ महिनामा ३० हजार ६० शरणार्थी र आप्रवासीहरू समुद्री मार्गबाट इटाली पुगेका थिए, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढेको थियो।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले उत्तर अफ्रिकादेखि दक्षिणी युरोपसम्मको यो अनियमित समुद्री मार्ग विश्वकै सबैभन्दा खतरनाक रुटमध्ये एक भएको जनाएको छ । विगत १० वर्षमा भूमध्यसागर पार गर्ने क्रममा करिब २४ हजार ५०० व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएका छन् ।
अक्टोबर ३, २०१३ मा इरिट्रिया, सोमालिया र घानाका ५०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा आगो लागेर पल्टिँदा यो घातक दुर्घटना भएको थियो। यस दुर्घटनामा कम्तिमा ३६८ जनाको मृत्यु भएपछि यस संकटसँग जुध्न अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग चर्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: