Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

जेनजी आन्दोलनका क्रममा जलेका मध्ये ८ हजार नयाँ श्रेस्ता कायम

खबरडबली संवाददाता

चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ ।

आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता कायम गरिरहेको छ । सोही बमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका सातवटै पालिकालाई जग्गाधनीको नयाँ श्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो ।

कात्तिक महिनाबाट फागुनसम्ममा आठ हजार नयाँ श्रेस्ता कायम भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए । प्रदर्शनका क्रममा मालपोत कार्यालय भरतपुरका अधिकांश अभिलेख जलेका थिए ।

अभिलेख जलेपछि जग्गा सम्बन्धि जुनसुकै काम गर्नका लागि पनि नयाँ श्रेस्ता कायम गर्नु पर्दछ । कामको चापका कारण जग्गा बिक्रि बितरण, बन्दक लगाएतका काम परेकाहरुको मात्र नयाँ श्रेस्ता कायम गरिएको अधिकारीले जानकारी दिए । कामको चाप कम भए पछि अन्यको हकमा समेत सूचना जारी गरी क्रमश: श्रेस्ता कायम गर्ने कार्यालयको तयारी छ ।

उनले भने, “आफ्नो जग्गा दाबी गर्न जग्गाधनी आफैँ आउनुपर्ने हुन्छ । दैनिक ९० वटा हाराहारी श्रेस्ता कायम हुने गरेको छ। कार्यालयको भवन काम गर्न सक्ने अवस्थामा छैन । टहरामा काम भइरहेको छ । वनेका श्रेस्ता समेत भण्डारणको समस्या देखिएको छ । नयाँ श्रेस्ता कायम गर्न १० प्रकारका कागजात आबश्यक पर्दछ । अधिकारीका अनुसार नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पूर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा पेस गर्नुपर्ने हुन्छ । ”

त्यसैगरी, जग्गाधनीले चालू आवको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेको अबस्थामा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकताअनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र चाहिने सूचना अधिकारीले जानकारी दिए ।

कार्यालयले भरतपुर महानगरपालिकाका केही वडाहरु, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गर्दछ । आन्दोलनका क्रममा यो कार्यालय र खैरहनीमा रहेको कार्यालय पूर्ण रुपमा क्षति भएको थियो । क्षति भएका सबै ठाउँमा नयाँ श्रेस्ता कायम गर्नुपर्ने हुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending