बाजुरा। विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुन: बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीपहिरोले लघुजलविद्युत आयोजनाको नहर भत्काएपछि यहाँका बस्तीहरू अन्धकारमा डुबेका थिए।
हाल हिमाली गाउँपालिकाले छिमेकी खत्याड गाउँपालिकासँग समन्वय गर्दै फागुन १ गतेदेखि असारसम्मका लागि अस्थायी रूपमा विद्युत आपूर्ति गर्ने सम्झौता गरेपछि गाउँबस्तीहरू पुन: उज्याला बन्न थालेका हुन्।
हिमाली गाउँपालिका–६ धुलाचौरका स्थानीय होटल व्यवसायी रामबहादुर रावतले नौ महिनासम्म बत्ती नहुँदा निकै सास्ती खेप्नुपरेको बताए। उनले भने, “पहिले बत्ती भएकाले अन्य वैकल्पिक व्यवस्था गरेका थिएनौं। सोलारबाट मोबाइल चार्ज गरेर काम चलाउँदै आएका थियौं।”
हिजो बेलुकीदेखि बत्ती सुचारु भएपछि दैनिक जीवन सहज बनेको उनले बताए।
साउनमा आएको बाढीपहिरोले हिमाली गाउँपालिका–३ स्थित विच्छ्या खोलामा रहेको लघुजलविद्युत आयोजनाको नहर भत्काउँदा वडा नम्बर ४, ५ र ६ मा विद्युत सेवा अवरुद्ध भएको थियो।
केही वर्षअघि काँदुरी संस्थाको सहयोगमा निर्माण गरिएको उक्त लघुजलविद्युत आयोजनाबाट करिब १०० किलोवाट विद्युत उत्पादन गरी झन्डै १,१०० घरपरिवारलाई सेवा दिइँदै आएको थियो। तर बाढीले करिब २,२०० मिटर लामो नहरमध्ये १,३०० मिटर पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि आयोजना सञ्चालनमा समस्या आएको थियो।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार बाढीले ठूलो क्षति पुर्याएपछि पालिकाको आफ्नै स्रोतबाट पुनर्निर्माण गर्न कठिन भएको छ। प्राविधिक मूल्याङ्कनअनुसार करिब दुई करोड ७० लाख रुपियाँ लागत लाग्ने भएकाले काँदुरी संस्थाले नै पुनर्निर्माणको काम अघि बढाएको उनले बताए।
उनले भने, “लघुजलविद्युत आयोजना पुन: सञ्चालनमा नआएसम्मका लागि खत्याड गाउँपालिकासँग प्रति युनिट ८ रुपियाँ ४ पैसा दरमा विद्युत खरिद गर्ने व्यवस्था गरिएको छ।” विद्युत सेवा अवरुद्ध हुँदा पालिकाले प्रदान गर्ने दैनिक सेवा तथा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: