Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

हुम्लामा खाना पकाउने ग्यास अभाव

खबरडबली संवाददाता

हुम्ला। हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्या परेको हो।

सदरमुकाम सिमकोट र अन्य छ वटा गाउँपालिकाका बजारमा ग्यासको अभाव देखिएको बताउँदै आदित्य जनरल स्टोरका सञ्चालक रेशम महतले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज–सुर्खेतबाट ग्यास आपूर्ति नियमित नभएको कारण हुम्लामा ग्यास अभाव देखिन थालेको हो। दैनिक ग्यास लिन आउने ग्राहकहरू सिलिन्डर नपाएपछि फर्किन बाध्य हुने गरेका छन्।

सिमकोटमा केही थान आधा भरिएका ग्यास आइपुगेका भए पनि ती पनि सकिसकेका छन्। ग्यास अभावका कारण आधा सिलिन्डर ग्यासको मूल्य उपभोक्ताले एक हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।

सर्केगार्ड गाउँपालिका केन्द्रकी उपभोक्ता वसन्ती शाहीले चार दिनदेखि बजारमा ग्यास अभाव रहेको बताए। केही दिनअघि सर्केगार्डमा आइपुगेका २० वटा आधा भरिएका ग्यास उपभोक्ताले सबै खरिद गरेका थिए। यस्तै समस्या चङ्खेली गाउँपालिका (पिप्लाङ), खार्पुनाथ गाउँपालिका (याङ्चुबजार), अदानचुली गाउँपालिका (श्रीनगर) र ताँजाकोट गाउँपालिका (छप्रेला) मा पनि देखिएको छ।

दाउरामा निर्भर उपभोक्ता
ग्यास अभावका कारण स्थानीयवासीहरूले दाउरामा खाना पकाउने व्यवस्था गर्न थालेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रबाट विद्युत नियमित नभएकाले उपभोक्ताहरू दाउरामा निर्भर भएको स्थानीय जानकी बोहराले बताए। ग्यास आपूर्ति सहज हुँदा दाउरा प्रयोग रोकिएको थियो, तर अहिले ग्यास अभाव पुन: भएपछि उपभोक्ताहरू दाउरामा निर्भर हुन बाध्य भएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व–पश्चिम राजमार्गको अवैध संरचना हटाउन सुरु

पश्चिम नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले...

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको...

नेपाल एयरलाइन्सद्वारा हुम्लामा उडान थप

हुम्ला। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासी...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहा...

लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने

मुस्ताङ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समे...

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending