Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

मुग्लिन–पोखरा सडक विस्तारपछि यात्रा सहज बन्दै

खबरडबली संवाददाता

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा सहज र सुलभ बनेको छ । लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका यात्री र चालकहरूले सडक विस्तारको ७१ प्रतिशत भौतिक प्रगति भएसँगै राहत महसुस गर्न थालेका हुन् ।

जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर दूरीमा अब पोखराको विजयपुरस्थित करिब ३५० मिटर खण्डमा मात्र कालोपत्र गर्न बाँकी रहेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थले जानकारी दिए। कायस्थले भने, “विजयपुरको सानो खण्डबाहेक सबैतिर कालोपत्र भइसकेकोले अहिले सवारी साधनहरू विना अवरोध र सहज रूपमा गुडिरहेका छन्, जसले गर्दा यात्रा अवधि समेत छोटिएको छ ।”

कायस्थका अनुसार सडक विस्तारसँगै यस खण्डमा रहेका कुल १२ वटा पुलको निर्माण कार्य समेत सम्पन्न भइसकेको छ । यस्तै, पोखराको सेती नदीमा निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम ६० प्रतिशत सकिएको छ । एक अर्ब सात करोड रुपियाँ लागतको उक्त पुलको फाउन्डेसन र एंकर ब्लकको काम सकिएर अहिले माथिल्लो संरचना ९सुपर स्ट्रक्चर० निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

सुरुवाती चरणमा विद्युतका पोल स्थानान्तरण र मुआब्जा विवादले केही ढिलाइ भए पनि चिनियाँ निर्माण कम्पनी ‘यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सन’ ले अहिले निर्माण कार्यलाई तीव्रता दिएको छ । एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सात अर्ब ४० करोड ४६ लाख रुपियाँको लागतमा विस्तार भइरहेको यो खण्ड सन् २०२६ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले सडक चिल्लो बनेपछि जामुनेदेखि पोखरासम्मको यात्रा पहिलेको तुलनामा निकै छिटो र आरामदायी भएको शुक्लागण्डकी नगरपालिका–३ का रामकुमार गुरुले बनाए। धुलो हटेसँगै राजमार्ग आसपासका बस्ती र बजार क्षेत्रको जनजीवन समेत सामान्य बन्दै गएको छ ।

यसैगरी मुग्लिन– पोखरा खण्ड अन्तर्गत पूर्वी खण्डको काम आन्तिम चरणमा पुगेको छ । पूर्वीखण्डअन्तर्गतको तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म पर्दछ । पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा करिब ६ अर्ब ३१ करोड रुपियाँ लागतमा स्तरोन्नति भइरहेको यो सडक ४१ किलोमिटर लम्बाइको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्र समेटिएको छ । बजार क्षेत्रहरूमा ६ लेन विस्तार गरिएको छ भने अन्य स्थानमा चार लेनको संरचना तयार गरिएको छ ।

सूचना अधिकारी पाण्डेले हाल सडक कालोपत्रे पूर्ण रुपमा सम्पन्न भइसकेको छ । लेन मार्किङ, रङरोगन तथा साइनबोर्ड जडानजस्ता पुरा भएका छन् । पाण्डेले भन्नुभयो, ‘‘सहरी क्षेत्रमा फुटपाथको काम मात्रै केही बाँकी छन् अरु सबै काम पुरा भईसकेको छ ।’’

पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम पूरा भइसकेको र बाँकी संरचनागत तथा फिनिसिङ कार्य जारी रहेको पाण्डेको भनाइ छ । मुग्लिङ–पोखरा सडकखण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको थियो । २०७७ माघ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको यस परियोजनाअन्तर्गत सडक विस्तारसँगै आधुनिक ढल निकास, फुटपाथ, सुरक्षा बार र सङ्केत प्रणाली जडान गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending