Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरी बिक्रीवितरणको तयारी गरेको जनाएको छ।

केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइसँगै नियमित पाठ्यपुस्तक उत्पादन कार्यलाई समानान्तर रूपमा अघि बढाएको थियो। सम्बद्ध अधिकारीहरूका अनुसार शैक्षिकसत्र सञ्चालन हुनुअघि नै पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा केन्द्रका सञ्चालक समितिका अध्यक्ष चूडामणि पौडेलले मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक उत्पादनमा असर नपर्ने गरी काम सम्पन्न गरिएको जानकारी दिनुभयो। केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शैक्षिकसत्र २०८३ का लागि एक हजार २६० अधिकृत विक्रेता चयन गरिएका छन् भने चैत १५ र १६ गतेदेखि बिक्री सुरु गर्ने तयारी छ।

केन्द्रले करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद तथा ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य राखेको थियो। अधिकांश पुस्तक छपाइ भइसकेको र बाँकी केही सेट मिलान कार्यपछि धमाधम बिक्री सुरु हुने जनाइएको छ। ३८ अनिवार्यसहित १६० विषयका पाठ्यपुस्तक उत्पादन भइसकेको केन्द्रले जनाएको छ।

यसैबीच, चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने करिब पाँच लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको केन्द्रले जानकारी दिएको छ।

सरकारले हाल कक्षा १, २ र ४ बाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको छ। कक्षा १, २ र ४ का पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रकमार्फत छपाइ भइरहेको छ। कक्षा ११ र १२ का पुस्तक आगामी असारसम्म छपाइ गरिनेछ। उत्पादनको करिब ७० प्रतिशत हिस्सा जनक शिक्षाले र ३० प्रतिशत निजी क्षेत्रले वहन गर्दै आएका छन्।

गत शैक्षिकसत्रमा कक्षा ३ र ५ का छापिएका पुस्तकको करिब ३० प्रतिशत मात्र बिक्री भएको र बाँकी मौज्दात रहेको केन्द्रले जनाएको छ।

निजी क्षेत्रका सात प्रेसका संयोजक दीपक भण्डारीले आफूहरूलाई तोकिएको जिम्मेवारीअनुसार छपाइ सम्पन्न भइसकेको बताएका छन्। उनले सुरक्षित मुद्रण व्यवस्थालाई सुदृढ गर्दै सबै कक्षाका पाठ्यपुस्तक छपाइ खुला प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिनुपर्ने धारणा व्यक्त गरे।

पाठ्यपुस्तक बिक्रीमा जनक शिक्षाले नौ प्रतिशत र निजी क्षेत्रले ३० प्रतिशतसम्म बिक्रेतालाई कमिसन दिने व्यवस्था रहेको छ। निजी क्षेत्रले समान प्रतिस्पर्धाका लागि नीतिगत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: