काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावेश गरिएको छ।
प्रतिवेदनका अनुसार, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङले सबैभन्दा बढी सम्पर्क गरेका अधिकारी हुन्। विशेषगरी, जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुख ९डीआईजी० सँग दुई दिनमा ४२ पटक सम्पर्क भएको विवरण प्रतिवेदनमा उल्लेख छ।
कार्य विभागका तत्कालीन एआईजी सिद्धिविक्रम शाहसँग खापुङको सम्पर्क २८ पटक भएको भेटिएको छ। एआईजीले दैनिक घटना र हुलदङ्गा नियन्त्रणको नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्थे।
भदौ २४ मा उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका तत्कालीन एआईजी दानबहादुर कार्कीसँग ४ पटक, तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग ३ पटक, र तत्कालीन गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टसँग ३ पटक सम्पर्क भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार, तत्कालीन सभामुख देवराज घिमिरेसँग १ पटक, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम रानासँग दुई दिनमा ११ पटक सम्पर्क भएको देखिएको छ।
त्यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखकसँग ८ पटक, सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग २ पटक, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यसँग १ पटक, गृहसचिव गोकर्णमणि दुवाडीसँग ९ पटक, र प्रधानसेनापति अशोक सिग्देलसँग भदौ २ मा २ पटक सम्पर्क भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले देखाउँछ कि प्रदर्शन नियन्त्रणका लागि तत्कालीन प्रहरी नेतृत्व र सरकारी निकायबीच निरन्तर सम्पर्क भएको थियो, जसमा सबैभन्दा बढी सक्रियता आईजीपी खापुङ र जिल्ला प्रहरी प्रमुखबीच देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: