Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ। उक्त दफामा लापरबाहीपूर्ण कामका कारण कसैको ज्यान गएमा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

त्यस्तै दफा १८२ मा हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने प्रावधान रहेको उल्लेख गर्दै आयोगले चार घण्टासम्म गोली प्रहार रोक्न पहल नगरेको अवस्थालाई गम्भीर लापरबाहीका रूपमा व्याख्या गरेको छ। हेलचेक्र्याइँपूर्वक ज्यान गएको ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने कानुनी व्यवस्था छ।

प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न

आयोगले संसद् भवन परिसरबाहिर करिब चार घण्टासम्म गोली चलिरहँदा पनि राज्यका कार्यकारी प्रमुखको हैसियतले थप मानवीय क्षति रोक्न पर्याप्त पहल नगरेको टिप्पणी गरेको छ। प्रतिवेदनमा भनिएको छ कि गोली चलाएर केही प्रदर्शनकारीको मृत्यु र सयौं घाइते भइसकेपछि पनि रोकथामका लागि ठोस हस्तक्षेप नभएको देखिएको छ।

आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण किशोर–किशोरीसहितका व्यक्तिको ज्यान गएको निष्कर्ष निकाल्दै फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गर्न सिफारिस गरेको हो।

दोस्रो तहका पदाधिकारीमाथि पनि अनुसन्धान सिफारिस

आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि पनि दफा १८२ अनुसार अनुसन्धान गर्न सिफारिस गरेको छ। उनीहरूमाथि हेलचेक्र्याइँ गरी ज्यान जाने अवस्था सिर्जना भएको निष्कर्ष उल्लेख गरिएको छ।

विभागीय कारबाही सिफारिस

आयोगले नेपाल प्रहरीका एआईजी सिद्धिबिक्रम शाह, डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, एसएसपी दीपशमशेर जबरा र एसपी ऋषिराम कँडेलमाथि विभागीय कारबाही सिफारिस गरेको छ। प्रतिवेदनमा उनीहरूले कर्तव्य पालनामा कमजोरी देखाएको उल्लेख छ।

सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीमाथि पनि कारबाही सिफारिस गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका सहनिर्देशक कृष्णप्रसाद खनाल र सहअनुसन्धान निर्देशक रिबेनकुमार गच्छदार पनि सिफारिस सूचीमा छन्।

नेपाली सेनातर्फ राष्ट्रपति भवन शीतल निवासका सुरक्षा टोली प्रमुख सहायकरथी मनोज बैदवार, बालुवाटारका सुरक्षा प्रमुख सेनानी दीवाकर खड्का, सिंहदरबार सचिवालयका सुरक्षा प्रमुख सेनानी गणेश खड्का र संसद् भवन, बानेश्वर क्षेत्रका सुरक्षा प्रमुख सेनानी सन्तोष ढुंगेलमाथि प्रशासनिक कारबाही सिफारिस गरिएको छ।

अन्य समूह

आयोगले मोटरसाइकलमा आएर बानेश्वर क्षेत्रमा उत्तेजना फैलाएको भनिएका टीओबी समूहका व्यक्तिहरूमाथि पनि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी अब सरकार तथा सम्बन्धित कानुनी निकायमा रहनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending