Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पहिराेकाे जाेखिम बढेकाले पृथ्वीराजमार्गमा रातको समयमा यात्रा नगर्न तनहुँ प्रशासनकाे आग्रह

खबरडबली संवाददाता

तनहुँ । निरन्तर वर्षाका कारण निर्माणाधीन पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड र सहायक राजमार्गहरू प्रभावित भएका छन् । 

वर्षाले सडक निर्माण क्षेत्रमा पहिरोको जोखिम बढाएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, तनहुँले आग्रह गरेको छ । प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा पृथ्वीराजमार्गको चार लेन सडक सञ्चालनमा आएपछि सवारी दुर्घटना उल्लेख्य रूपमा बढेको र निश्चित स्थानहरूमा यस्ता घटना बारम्बार भएको उल्लेख छ । 

यस्ता समस्याको अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने विज्ञप्तिमा भनिएको छ । प्रशासनले पृथ्वीराजमार्ग, डुम्रे–बेसीसहर सडक खण्ड र ग्रामीण सडकमा सवारी चलाउँदा उच्च सतर्कता अपनाउन र रातको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । 

यात्रा गर्नुपरे नजिकको ट्राफिक प्रहरी वा सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको छ । मनसुनी वर्षाको प्रभावले मध्यमदेखि भारी वर्षा भइरहेकाले आगामी दिनमा पनि सतर्क रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साउन २० गते बसेको जिल्ला समन्वय समितिको बैठकले पृथ्वीराजमार्गको तनहुँ खण्डमा दुर्घटना बढी हुने पाँच जोखिमयुक्त स्थान पहिचान गरेको छ । 

यी स्थानमा प्राविधिक अध्ययन गरी सुधारका उपाय अवलम्बन गर्न मुग्लिन–पोखरा सडक विस्तार आयोजनालाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । सडक अवरोध हटाउन समन्वयात्मक कार्ययोजना र रोष्टरसहितको योजना स्वीकृत भएको उनले जानकारी दिए ।

ऐनापहरा दुर्घटनाप्रति प्रशासनको चासो

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा साउन १८ गते पार्किङमा राखिएको ग २ ख १०७७ नम्बरको बस आफैं पछाडि सरेर भएको दुर्घटनाप्रति तनहुँ प्रशासनले चासो देखाएको छ । 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि, डिभिजन सडक कार्यालय र प्रहरीले स्थलगत अवलोकन गरेका थिए ।
उक्त दुर्घटनामा बस मर्स्याङ्दी नदीको किनारमा खस्दा पाँच यात्रु घाइते भएका थिए । 

अवलोकनपछि प्रशासनले ऐनापहराको पार्किङ स्थल सडकभन्दा अग्लो भएकाले सवारी साधन पछाडि सर्ने जोखिम रहेको निष्कर्ष निकालेको छ । सम्भावित दुर्घटना रोक्न पार्किङ स्थललाई सडकभन्दा होचो बनाउन, ट्राफिक सङ्केत अद्यावधिक गर्न, सडक छेउको कन्फिडेन्स ब्लक मर्मत गर्न र पार्क छेउको जमिन सम्याउन सम्बन्धित पालिकालाई सुझाव दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE