लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ ।
७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको हो । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अध्ययनअनुसार अनुसन्धान थालेको छ ।
शनिबार राति करिब ९ बजे मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीकाअनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा भेटिएको हो । उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिएको छ ।
घटनास्थलको प्रारम्भिक अवस्थाले घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।
घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको छ । प्रहरीले मृतकको घरमा बस्दै आएका मगरसहित आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।
स्थानीयका अनुसार सार्की घरमा एक्लै बस्दै आएको थिए। उनका श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको थियो । छोरीको भने विवाह भइसकेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ । घटनामा प्रयोग भएको भनिएको हतियार, घटनास्थलको अवस्था र संलग्न व्यक्तिबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...
श्रावण २४ गते, २०८३ - १५:१०
काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...
श्रावण २४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...
श्रावण २४ गते, २०८३ - १३:४०
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग...
श्रावण २४ गते, २०८३ - १३:३२
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ ...



प्रतिकृया लेख्नुहोस्: