Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

खबरडबली संवाददाता

सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार बिहानदेखि परेको निरन्तर वर्षाका कारण सडकमा ठुलो पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन नसकेको पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले बताए।

माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको बताउँदै नगरप्रमुख चिन्तनले भने, “निरन्तर परेको पानी र सडक माथिबाट झरेका ठुला–ठुला ढुंगा तथा लेदोसहितको पहिरोका कारण सडक सञ्चालन गर्न अझै केही दिन लाग्न सक्छ ।”

सडकमा ठुलो पहिरो खसेपछि गोरखा सदरमुकामतर्फ जाने सवारीसाधन तथा सर्वसाधारण बिच बाटोमै रोकिएका छन् । पहिरो हटाउन नगरपालिका सक्रिय रहेको स्थानीयले बताएका छन् ।

उक्त सडक पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकातर्फ जाने मुख्य सडक भएकाले नागरिकको सहज यात्राका लागि तत्काल जेसीबी प्रयोग गरेर भए पनि सडक सञ्चालन गर्न नगरपालिका लागिपरेको नगरप्रमुख चिन्तनले बताए।

पहिरोमा परी कुनै मानवीय क्षति नभएको नगरपालिकाले जनाएको छ । पहिरोको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर पहिरो हटाउन पहल गरिएको थियो । तर विभिन्न स्थानमा ठुला–ठुला पहिरो खसेकाले सडक खुलाउन कठिनाइ भइरहेको नगरपालिकाले जनाएको छ ।

पालुङटार नगरपालिका–२ का स्थानीय बासिन्दाले सडक अवरुद्ध हुँदा होटल व्यवसायी तथा व्यापारीका अत्यावश्यक सामग्री ढुवानीसमेत रोकिएको बताउँदै तत्काल सडक सञ्चालन गर्न माग गरेका छन् ।

उक्त सडक पालुङटार नगरपालिकाको मुख्य सडक मार्ग भएकाले अवरुद्ध हुँदा नागरिकको आवागमनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । नगरपालिकाले तत्काल दुईवटा जेसीबी प्रयोग गरी सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने तयारी गरेको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...

प्रलोपा विभाजनपछि अलग भए राम कार्की

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...

शेखर कोइरालाले फिर्ता गरे कोइराला निवास मर्मतका लागि विनियोन गरेको २ करोड बजेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...

पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending