काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भूभागमा खेतीपाती तथा बसोबास गर्दै आएको क्षेत्रको पहिचान गरी त्यसको लगत तयार गर्न नापजाँच गरिने भएको हो ।
भारतको लखनउमा सम्पन्न नेपाल–भारत नापी अधिकृतहरूको समिति बैठकमा यस्तो सहमति भएको हो । बैठकमा सीमाक्षेत्रमा देखिएको ‘सीमापार भोगचलन’ को समस्या समाधानका लागि प्रविधिको प्रयोग गरी जग्गा नापजाँच गर्ने र त्यसको प्रतिवेदन तीन वर्षभित्र सरकारलाई बुझाउने सहमति भएको नापी विभागका अधिकारीले बताएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत सीमा निर्धारण गर्दा कतिपय स्थानमा नदीलाई सीमा मान्ने सिद्धान्त अपनाइएको छ । समयक्रममा नदीको धार परिवर्तन हुँदा एक देशका नागरिकले अर्को देशतर्फ पर्ने भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सिर्जना भएको हो ।
प्राविधिक समितिहरूको अध्ययनमा कतिपय स्थानमा नेपालले भोगचलन गरिरहेको जग्गा भारततर्फ र भारतले भोगचलन गरिरहेको जग्गा नेपालतर्फ पर्ने अवस्था देखिएको मन्त्रालयले जनाएको छ ।
यसै विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा भोगचलन गरेको अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सीमापार भोगचलनसँग सम्बन्धित रहेको स्पष्ट पारेको थियो ।
अब संयुक्त रूपमा गरिने नापजाँचमा सीमापार भोगचलनमा रहेका यस्ता जग्गाको वास्तविक अवस्था पहिचान गरिनेछ । यसका लागि नेपाल–भारत नापी अधिकृतहरूको समिति र संयुक्त क्षेत्रीय नापजाँच टोलीले काम गर्नेछन् ।
तर, लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भने यो नापजाँचमा समावेश नहुने बताइएको छ ।
नेपाल–भारत सीमा निर्धारणका क्रममा नदीलाई आधार बनाइएका कारण विगतमा नदीको धार परिवर्तन हुँदा ठूलो क्षेत्रफलको जमिनको भोगचलनमा समेत परिवर्तन आएको छ । यसले सीमावर्ती क्षेत्रमा स्थानीयबीच पटकपटक विवाद उत्पन्न हुने गरेको छ ।
दुवै देशले सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउन सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा क्षेत्रको अतिक्रमण हटाउने र सीमापार भोगचलनको लगत संकलनलगायत काम पनि अघि बढाइरहेका छन् ।
नेपाल–भारत सीमा व्यवस्थापनका लागि सन् २०१४ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा नेपाल–भारत नापी अधिकृतहरूको समिति गठन गरिएको थियो । त्यससँगै सीमा कार्य समूह र संयुक्त क्षेत्रीय नापजाँच टोलीसमेत गठन भएका छन् ।
नेपाल–भारत नापी अधिकृतहरूको समितिले सीमा कार्य समूहबाट भएका निर्णय तथा तयार पारिएका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा समितिको आगामी कार्ययोजना र वार्षिक बजेटका विषयमा पनि सहमति जुटेको जनाइएको छ ।
नापी विभागका अनुसार नेपाल–भारत सीमामा हालसम्म ८ हजार ५५४ वटा सीमा स्तम्भ स्थापना गरिएका छन् । तीमध्ये १ हजार ३२५ वटा सीमा स्तम्भ हराएको विभागको तथ्यांक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: