Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

खबरडबली संवाददाता

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स्थानबाट ग्यास वितरणको व्यवस्था गरे पनि मागअनुसार आपूर्ति हुन नसक्दा धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर घर फर्किएका छन् ।

शुक्रबार साँझ नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्ने सूचना जारी गरेको थियो । सूचना पाएलगत्तै उपभोक्ता बिहानै खाली सिलिन्डर बोकेर वितरण केन्द्र पुगेका थिए ।

बिहानैदेखि लामो लाइन लागेका उपभोक्ताले दिउँसो परेको झरीमा समेत लाइन छाडेनन् । टेकु, बबरमहल, कीर्तिपुर, चाबहिल, बसुन्धरा, बालाजु, जडिबुटीलगायतका स्थानमा ग्यास लिन पुगेका नागरिकको ठूलो भीड लागेको थियो । एक सिलिन्डर ग्यास पाउने आशामा उपभोक्ता घण्टौँसम्म पानीमा भिजेर लाइनमा बस्न बाध्य भए ।

टेकुस्थित वितरण केन्द्रमा ग्यास लिन पुगेका विश्व अधिकारीले आफ्नो जीवनमा पहिलोपटक यस्तो अवस्था भोग्नुपरेको बताए । उनका अनुसार घरमा ग्यास सकिएको एक महिना भइसकेको छ ।

‘सुरुमा छिमेकी र आफन्तको ग्यास प्रयोग गरेर चलायौँ । अहिले त्यही पनि सकियो । एक सातादेखि होटलमा खाना खानुपर्ने अवस्था आयो,’ उनले भने, ‘भूकम्पका बेलासमेत यस्तो समस्या भोग्नुपरेको थिएन ।’

ग्यास नपाइने हो कि भन्ने चिन्ताले बिहानैदेखि लाइनमा बसेका अधिकारी सरकारी वितरण प्रणालीप्रति पनि असन्तुष्ट देखिए । पहुँच भएका व्यक्तिले सहजै ग्यास पाउने तर सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा पनि नपाउने अवस्था आएको उनको गुनासो थियो ।

गौशालामा बस्दै आएका दीपक मगर पनि बिहान ९ बजेदेखि लाइनमा थिए । दिउँसो ३ बजेसम्म पनि उनको पालो आएको थिएन । ‘काठमाडौँ बसेको १० वर्ष भयो । पहिलोपटक यस्तो दुःख भोग्नुपर्‍यो,’ उनले भने ।

त्यस्तै, अध्ययनका लागि केही महिनाअघि काठमाडौँ आएका विवेककुमार साह पनि ग्यासको अभावका कारण होटलमा खाना खान बाध्य छन् । सञ्चारमाध्यमबाट ग्यास वितरण भइरहेको जानकारी पाएपछि बिहानै लाइनमा बसे पनि लामो समयसम्म ग्यास पाउन नसकेको उनले बताए ।

६ हजार ८०२ सिलिन्डर वितरण

नेपाल आयल निगमका अनुसार शनिबार विभिन्न वितरण केन्द्रबाट कुल ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री गरिएको छ ।

निगमको टेकुस्थित केन्द्रबाट २ हजार २९०, बबरमहलबाट १ हजार ६००, कीर्तिपुरबाट ७६२, चाबहिलबाट ७२० र बसुन्धराबाट ६०० सिलिन्डर वितरण गरिएको छ । त्यस्तै, बालाजुबाट ५०० तथा साल्ट ट्रेडिङका जडिबुटी र कालीमाटीस्थित बिक्री केन्द्रबाट ३३० सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ ।

तर वितरण केन्द्रमा पुगेका उपभोक्ताको संख्याको तुलनामा उक्त परिमाण निकै कम भएकाले धेरै नागरिक ग्यास नपाई फर्किएका थिए ।

निगमका अनुसार मुख्य पाँच केन्द्रबाट नेपाल ग्यासका १ हजार ७६०, एभरेस्ट र सुगमका १ हजार ४३, एचपीका ७८०, हिमालका ५४०, सगरका ४६४ र श्रीरामका ३२७ सिलिन्डर बिक्री भएका छन् ।

तथ्यांकमा आपूर्ति बढ्यो, बजारमा अभाव कायमै

गत साउन १ गतेदेखि देखिएको ग्यास अभावले एक महिना पूरा गरिसकेको छ । सरकारी निकायले भने बजारमा ग्यास पर्याप्त रहेको दाबी गर्दै आएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमका अनुसार पछिल्लो समय ग्यासको आयात र वितरण बढाइएको छ । तर बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्दा सरकारी तथ्यांक र वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ ।

यसअघि बजारमा ग्यास अभाव देखिएपछि आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था गरिएको थियो । लामो समय आधा सिलिन्डर मात्र वितरण भएपछि उपभोक्तामा ग्यास अभाव हुने त्रास बढेको र अहिले पूरा सिलिन्डर बजारमा पठाउँदा एकैपटक माग बढेको सरकारी तर्क छ ।

सरकारले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्दा समस्या भएको बताउँदै आएको छ भने ग्यास उद्योगीहरूले लामो समयसम्म आधा सिलिन्डर वितरण गर्नु नै अहिलेको संकटको एउटा प्रमुख कारण भएको बताउँदै आएका छन् ।

उपभोक्ता अधिकारकर्मीको प्रश्न– डिलरमार्फत वितरण किन नगर्ने ?

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सरकारले ग्यास वितरणको जिम्मेवारी डिलरमार्फत व्यवस्थित गर्न नसक्दा उपभोक्ताले थप सास्ती खेप्नुपरेको बताए ।

उनका अनुसार उपभोक्तालाई कहिले एउटा र कहिले अर्को वितरण केन्द्रमा बोलाउनु समस्याको समाधान होइन । घर नजिकैको डिलरबाट पारदर्शी र व्यवस्थित रूपमा ग्यास पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘दिनभर लाइन बसेर पनि ग्यास नपाउने अवस्था आउनु व्यवस्थापकीय कमजोरी हो,’ उनले भने, ‘वृद्धवृद्धा, महिला र अन्य उपभोक्तालाई झरीमा सिलिन्डर बोकेर घण्टौँ लाइनमा बस्न बाध्य बनाउनु हुँदैन ।’

सरकारले बजारमा पर्याप्त ग्यास रहेको दाबी गरे पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेको उनको आरोप छ ।

निगम भन्छ– ७ हजार परिवारको चुलो बल्यो

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने शनिबारको वितरणलाई परीक्षणका रूपमा लिइएको बताएका छन् ।

उनका अनुसार एक दिनमा करिब ७ हजार परिवारले ग्यास पाएका छन् । काठमाडौँ उपत्यकामा ग्यासका उद्योग नरहेकाले बाहिरबाट ग्यास ल्याएर वितरण गर्नुपर्ने हुँदा केही ढिलाइ भएको उनको भनाइ छ ।

केही वितरण केन्द्रमा निश्चित ब्रान्डका ग्यास नपुगेकाले उपभोक्ता रित्तै फर्किनुपरेको उनले स्वीकार गरे । त्यस्ता उपभोक्तालाई कुपन उपलब्ध गराइएको र पछि ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ ।

ग्यास उद्योगीहरूले भने आफूहरूले सरकारको मागअनुसार ग्यास उपलब्ध गराएको बताएका छन् । नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीका अनुसार शनिबार मात्रै पाँचवटा वितरण केन्द्रमा २ हजार ८८० सिलिन्डर पठाइएको थियो । तर माग अत्यधिक भएकाले उक्त परिमाण पर्याप्त नभएको उनले बताए ।

आपूर्ति बढेको दाबी, उपभोक्ताको समस्या उस्तै

एकातिर सरकारी निकायले ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरिरहेका छन् भने अर्कोतिर उपभोक्ता अझै पनि एउटा सिलिन्डरका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन् । यसले आपूर्ति मात्र होइन, वितरण प्रणालीमै गम्भीर समस्या रहेको देखाएको छ ।

सरकारले आइतबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ग्यास वितरण गर्ने जनाएको छ । तर वितरण केन्द्रमै उपभोक्ताको भीड थुपार्ने अहिलेको शैलीले समस्या दीर्घकालीन रूपमा समाधान हुने देखिँदैन ।

ग्यास अभाव अन्त्य गर्न नियमित आपूर्ति सुनिश्चित गर्नुका साथै घरनजिकैका डिलरमार्फत पारदर्शी र सहज वितरण प्रणाली लागू गर्नुपर्ने माग उठेको छ । अन्यथा सरकारी तथ्यांकमा ग्यासको आपूर्ति बढ्दै गए पनि उपभोक्ताको भान्सामा भने चुलो बाल्न आवश्यक ग्यासको अभाव कायमै रहने अवस्था देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending