Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूपमा आयोजना गर्ने तयारी गरिएको कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थिति र अदालतको निर्णयलाई ध्यानमा राख्दै विधानअनुसार सम्मेलनको स्वरूप दिइएको हो ।

राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको आधिकारिकता र केन्द्रीय कार्यसमितिसम्बन्धी विवादमा अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राखेर कार्यक्रमको स्वरूप परिवर्तन गरिएको हो ।

उनका अनुसार सुरुमा विधानभन्दा बाहिर रहेर समानान्तर भेला गर्ने तयारी थियो । तर अदालतले पार्टीसम्बन्धी विवादमा सुरुदेखिका प्रक्रियासमेत हेर्ने संकेत गरेपछि विधानअनुसार अघि बढ्ने निर्णय गरिएको हो । किन सम्मेलन भनियो ? विश्वकर्माका अनुसार कांग्रेसको विधानले ठूला राजनीतिक कार्यक्रमका रूपमा सम्मेलन र अधिवेशनलाई छुट्टाछुट्टै व्यवस्था गरेको छ ।

अधिवेशनले नेतृत्व चयन गर्छ भने सम्मेलनले पार्टीका नीति तथा कार्यक्रममाथि छलफल गरी नीतिगत निर्णय गर्न सक्छ । त्यसैले नेतृत्व चयन नगर्ने तर पार्टीको आगामी नीति र कार्यदिशामाथि निर्णय गर्ने उद्देश्यले राष्ट्रिय भेलालाई सम्मेलनमा रूपान्तरण गरिएको उनको भनाइ छ । ‘भेलाले असन्तुष्टि मात्र पोख्ने काम गर्थ्यो, तर सम्मेलनले नीति नै पारित गर्छ । त्यसैले हामीले यसलाई विधानसम्मत बनाउन सम्मेलनमा रूपान्तरण गरेका हौँ,’ विश्वकर्माले बताए ।

सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रदेश सभापतिसहित कांग्रेसका विभिन्न तहका नेताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । केन्द्रीय सभापतिसहित विभिन्न तहका पदाधिकारीको सहभागिता बढेपछि कार्यक्रमलाई सम्मेलनका रूपमा अघि बढाउन सहज भएको विश्वकर्माको भनाइ छ । पाँच नीतिमाथि निर्णय हुने यो सम्मेलनले नेतृत्व परिवर्तनको विषय भने नउठाउने बताइएको छ । बरु कांग्रेसको आगामी राजनीतिक कार्यदिशा, विचार र संगठनात्मक सुधारसँग सम्बन्धित पाँचवटा महत्वपूर्ण नीतिमा छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ ।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य पार्टीभित्र देखिएको असन्तुष्टि सार्वजनिक गर्नु मात्र नभई त्यसलाई नीतिगत निर्णयमा रूपान्तरण गर्नु हो । यसरी सुरुमा शक्ति प्रदर्शन र असन्तुष्टि प्रकट गर्ने उद्देश्यसहित अघि बढाइएको भनिएको राष्ट्रिय भेला अन्ततः कांग्रेसको विधानअनुसार नीतिगत निर्णय गर्ने औपचारिक सम्मेलनमा परिणत भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending