Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बीपीको सपना भुलेको कांग्रेस

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

बीपी कोइराला एक दर्शन थिए सिर्फ नेता होइनन्। उनी विचार थिए सिर्फ सत्ता होइनन्। नेपाली कांग्रेसको आत्मा थिए उनी। तर आजको दिनमा जब हामी नेपाली कांग्रेसलाई हेर्छौं, लाग्छ कांग्रेसले आफ्नो जन्म दिने बीपीकै सपनाको हत्या गरेको छ।

बीपीले भनेका थिए,ूराष्ट्रवाद, लोकतन्त्र र समाजवाद कांग्रेसको तीन आधारशिला हुन्।ू आजको कांग्रेसमा राष्ट्रवाद खोज्न जाँदा स्वार्थ भेटिन्छ। लोकतन्त्रको नाममा पदको खेल देखिन्छ। समाजवादको साटो पैसावाद हावी भएको प्रष्ट देखिन्छ।

बीपी कोइराला नेपाली राजनीतिका ती शिखर व्यक्तित्व, जसले लोकतन्त्रलाई केवल नारामा होइन,जीवनशैलीमा उतारेका थिए। उहाँको राजनीति विचारधारा केवल सत्ता प्राप्तिको साधन थिएन, त्यो त जनताको दुःख बुझ्ने, गाउँको धुलोमा लोटिएर समृद्ध नेपालको सपना देख्ने यात्रा थियो। तर आजको दिनमा कतिपय जनताको मुखबाट एक वाक्य बारम्बार सुनिन्छ। के नेपाली कांग्रेसले बीपीको बाटो छोड्यो ?

यो वाक्य केवल गुनासो होइन, पीडा हो। त्यो बीपी जसले लोकतन्त्रको मोल चुकाएर जेल बस्न तयार भए, आज उहाँकै पार्टीले पद, पैसा र सत्ता सँगको सम्झौता गरेर नाङ्गो नाच नाचिरहेकोजस्तो देखिन्छ।

बीपीको बाटो भन्नु यथार्थमा के थियो रु र के होरु
सिद्धान्तमा अडिग हुनु,
जनताको पक्षमा उभिनु,
राष्ट्रवादलाई आत्मासँग जोड्नु,
र जनतासँग साँचो संवेदना राख्नु।

आज कांग्रेसका कतिपय नेताहरु पदका लागि एकआपसमा लडिरहेका छन्, जनताका मुद्दा ओझेलमा परेका छन्। बीपीको ‘सामाजिक लोकतन्त्र’ आज राजनीतिक लेबल मात्र बनेको छ, व्यवहारमा चरम अवसरवाद हावी छ। जनता भन्छन् हामीले बीपीको सपना हेरेर कांग्रेसलाई साथ दियौं। तर अहिले सरकारको गैरजिम्मेवार पनको कारण लाखौंको संख्यामा बेरोजगार युवाहरु देश छोडिरहेका छन्, कृषि प्रधान देशमा कृषि र किसानका समस्या भन्दा नेता र नेताका आफन्तहरुको समस्याले प्राथमिकता पाएको छ। के यो नै बीपी पथको बाटो हो तरु

कांग्रेस भित्रबाट पनि आवाज उठ्छस् ूहामी लोकतन्त्रको छायाँमा लुकेर लाभ लिइरहेका छौं, तर लोकतन्त्रका लागि त्याग गर्न चनाखो छैनौं।ू कांग्रेसले बीपीको बाटो नछोडोस्, त्यो बाटो स्मारकजस्तै होइन, त्यो त निरन्तर संघर्ष र आत्मविश्लेषणको बाटो हो। यदि कांग्रेसले फेरि बीपीलाई आत्मसात् गर्न सकेन भने, केवल नाम मात्रले पार्टीको अस्तित्व जोगिन सक्दैन।

बीपीले जेल बसेर ल्याएको प्रजातन्त्र आज ढोकामा साइनबोर्डझैं टाँसिएको छ तर घरभित्र लम्पटताको महाभोज चलिरहेको छ। उनी जनताको भावना बुझेका नेता थिए, तर आजका नेताहरू जनताको आँशु होइन, जनताका मत हेर्छन्।त्यो पनि जित्ने तरिका बुझ्नकै लागि, दुख बाँड्न होइन। कांग्रेसको झन्डामा अझै बीपीको तस्वीर छ, तर पार्टीको निर्णयमा अब बीपीको विचार छैन। भीडमा ‘बीपी जिन्दावाद’को नारासँगै क्यापिटलिज्म जिन्दावाद लुकेर बसेको छ। गाउँ–गाउँमा जाँदा बीपीको नाम घन्काउँछन्, तर सहर फर्केर डिल गुन्डागर्दी ठेक्का व्यापार र सत्ता भागबन्डाको खाका कोर्छन्।

बीपीले भनेका थिए, ूम गरिबको प्रतिनिधि हुूँ आज कांग्रेस नेताहरू करोडौंको गाडी चढ्छन्।गरिबको पीडा त फोटो खिच्ने अवसर बनेको छ। आज आवश्यकता छ बीपी फर्कने होइन, बीपीलाई सम्झने होइन बीपीको विचार जिउँदो राख्ने। पार्टीको सभा समारोहमा होइन, नीतिमा र जनताको बीचमा।

कांग्रेसलाई फेरि बीपीको बाटोमा फर्काउन सकिएन भने त्यो कांग्रेस सत्ताको सिटामोल त बन्न सक्छ, तर जनताको साँचो कांग्रेस हुन सक्दैन। बीपीले बाटो देखाएका थिए, त्यो बाटो जनताको थियो। कांग्रेस त्यो बाटोमै फर्कनुपर्छ, होइन भने कांग्रेसको नामसँग बीपीको सपना जोड्नु पनि अन्याय हुनेछ

अन्त्यमा, प्रश्न यत्ति हो,  बीपी कांग्रेसको गहना थिए, कि केवल भोट माग्ने मुखुण्डो ? यदी उत्तर दोस्रो हो भने, कांग्रेसको आत्मा अझै बाँकी छैन। यदी उत्तर पहिलो हो भने, बीपी फर्केका छैनन्, कांग्रेस हराएको छ। ४३औं विपी स्मृति दिवसको अबसरमा हार्दिक श्रद्धासुमन  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: