Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बीपीको सपना भुलेको कांग्रेस

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

बीपी कोइराला एक दर्शन थिए सिर्फ नेता होइनन्। उनी विचार थिए सिर्फ सत्ता होइनन्। नेपाली कांग्रेसको आत्मा थिए उनी। तर आजको दिनमा जब हामी नेपाली कांग्रेसलाई हेर्छौं, लाग्छ कांग्रेसले आफ्नो जन्म दिने बीपीकै सपनाको हत्या गरेको छ।

बीपीले भनेका थिए,ूराष्ट्रवाद, लोकतन्त्र र समाजवाद कांग्रेसको तीन आधारशिला हुन्।ू आजको कांग्रेसमा राष्ट्रवाद खोज्न जाँदा स्वार्थ भेटिन्छ। लोकतन्त्रको नाममा पदको खेल देखिन्छ। समाजवादको साटो पैसावाद हावी भएको प्रष्ट देखिन्छ।

बीपी कोइराला नेपाली राजनीतिका ती शिखर व्यक्तित्व, जसले लोकतन्त्रलाई केवल नारामा होइन,जीवनशैलीमा उतारेका थिए। उहाँको राजनीति विचारधारा केवल सत्ता प्राप्तिको साधन थिएन, त्यो त जनताको दुःख बुझ्ने, गाउँको धुलोमा लोटिएर समृद्ध नेपालको सपना देख्ने यात्रा थियो। तर आजको दिनमा कतिपय जनताको मुखबाट एक वाक्य बारम्बार सुनिन्छ। के नेपाली कांग्रेसले बीपीको बाटो छोड्यो ?

यो वाक्य केवल गुनासो होइन, पीडा हो। त्यो बीपी जसले लोकतन्त्रको मोल चुकाएर जेल बस्न तयार भए, आज उहाँकै पार्टीले पद, पैसा र सत्ता सँगको सम्झौता गरेर नाङ्गो नाच नाचिरहेकोजस्तो देखिन्छ।

बीपीको बाटो भन्नु यथार्थमा के थियो रु र के होरु
सिद्धान्तमा अडिग हुनु,
जनताको पक्षमा उभिनु,
राष्ट्रवादलाई आत्मासँग जोड्नु,
र जनतासँग साँचो संवेदना राख्नु।

आज कांग्रेसका कतिपय नेताहरु पदका लागि एकआपसमा लडिरहेका छन्, जनताका मुद्दा ओझेलमा परेका छन्। बीपीको ‘सामाजिक लोकतन्त्र’ आज राजनीतिक लेबल मात्र बनेको छ, व्यवहारमा चरम अवसरवाद हावी छ। जनता भन्छन् हामीले बीपीको सपना हेरेर कांग्रेसलाई साथ दियौं। तर अहिले सरकारको गैरजिम्मेवार पनको कारण लाखौंको संख्यामा बेरोजगार युवाहरु देश छोडिरहेका छन्, कृषि प्रधान देशमा कृषि र किसानका समस्या भन्दा नेता र नेताका आफन्तहरुको समस्याले प्राथमिकता पाएको छ। के यो नै बीपी पथको बाटो हो तरु

कांग्रेस भित्रबाट पनि आवाज उठ्छस् ूहामी लोकतन्त्रको छायाँमा लुकेर लाभ लिइरहेका छौं, तर लोकतन्त्रका लागि त्याग गर्न चनाखो छैनौं।ू कांग्रेसले बीपीको बाटो नछोडोस्, त्यो बाटो स्मारकजस्तै होइन, त्यो त निरन्तर संघर्ष र आत्मविश्लेषणको बाटो हो। यदि कांग्रेसले फेरि बीपीलाई आत्मसात् गर्न सकेन भने, केवल नाम मात्रले पार्टीको अस्तित्व जोगिन सक्दैन।

बीपीले जेल बसेर ल्याएको प्रजातन्त्र आज ढोकामा साइनबोर्डझैं टाँसिएको छ तर घरभित्र लम्पटताको महाभोज चलिरहेको छ। उनी जनताको भावना बुझेका नेता थिए, तर आजका नेताहरू जनताको आँशु होइन, जनताका मत हेर्छन्।त्यो पनि जित्ने तरिका बुझ्नकै लागि, दुख बाँड्न होइन। कांग्रेसको झन्डामा अझै बीपीको तस्वीर छ, तर पार्टीको निर्णयमा अब बीपीको विचार छैन। भीडमा ‘बीपी जिन्दावाद’को नारासँगै क्यापिटलिज्म जिन्दावाद लुकेर बसेको छ। गाउँ–गाउँमा जाँदा बीपीको नाम घन्काउँछन्, तर सहर फर्केर डिल गुन्डागर्दी ठेक्का व्यापार र सत्ता भागबन्डाको खाका कोर्छन्।

बीपीले भनेका थिए, ूम गरिबको प्रतिनिधि हुूँ आज कांग्रेस नेताहरू करोडौंको गाडी चढ्छन्।गरिबको पीडा त फोटो खिच्ने अवसर बनेको छ। आज आवश्यकता छ बीपी फर्कने होइन, बीपीलाई सम्झने होइन बीपीको विचार जिउँदो राख्ने। पार्टीको सभा समारोहमा होइन, नीतिमा र जनताको बीचमा।

कांग्रेसलाई फेरि बीपीको बाटोमा फर्काउन सकिएन भने त्यो कांग्रेस सत्ताको सिटामोल त बन्न सक्छ, तर जनताको साँचो कांग्रेस हुन सक्दैन। बीपीले बाटो देखाएका थिए, त्यो बाटो जनताको थियो। कांग्रेस त्यो बाटोमै फर्कनुपर्छ, होइन भने कांग्रेसको नामसँग बीपीको सपना जोड्नु पनि अन्याय हुनेछ

अन्त्यमा, प्रश्न यत्ति हो,  बीपी कांग्रेसको गहना थिए, कि केवल भोट माग्ने मुखुण्डो ? यदी उत्तर दोस्रो हो भने, कांग्रेसको आत्मा अझै बाँकी छैन। यदी उत्तर पहिलो हो भने, बीपी फर्केका छैनन्, कांग्रेस हराएको छ। ४३औं विपी स्मृति दिवसको अबसरमा हार्दिक श्रद्धासुमन  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending