काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै व्यक्तिमाथि पुरस्कार र कारबाही दुवै सिफारिस गरिएको पाइएको छ ।
आन्दोलनका क्रममा प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा कार्यरत एआईजी सिद्धिविक्रम शाहलाई आयोगले दुवै प्रकारको सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, “२४ भदौमा टंगालस्थित भाटभटेनी र नक्लासस्थित हिल्टन होटलमा आगजनी गरी प्रहरी प्रधान कार्यालयमा आक्रमण गर्न खोजिएको अवस्थामा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मूल गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रहरी प्रधान कार्यालयलाई पूर्णरूपमा सुरक्षित राख्न सफल भएका कारण उनलाई पुरस्कृत गर्नुपर्ने देखिन्छ ।”
तर, सोही प्रतिवेदनको पृष्ठ ७२५ मा भने एआईजी शाहलाई कारबाहीका लागि पनि सिफारिस गरिएको छ । कारबाही सिफारिस सूचीमा उनको नाम उल्लेख गर्दै विभागीय कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
आयोगले प्रहरी ऐन २०१२ को दफा ९ को उपदफा ९४० तथा प्रहरी नियमावलीको नियम १०९ अनुसार कारबाही गर्नुपर्ने जनाएको छ । प्रतिवेदनमा कर्तव्य पालनामा देखिएको कमजोरी तथा भूमिकासम्बन्धी त्रुटिका आधारमा कारबाही सिफारिस गरिएको उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: