Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

इश्व पाेख्रेल
इश्व पाेख्रेल

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ, रगतले भिजेको माटो, र मौनताभित्र पनि चिच्याइरहेको जनताको आवाज।

आजभन्दा ४२ वर्ष अघि, जब देश निर्दलीय निरंकुशताको अँध्यारो सुरुङभित्र थियो, राज्यसत्ता जनताको शत्रु बनेको थियो। वारेन्ट, गिरफ्तारी, जेल, यातना, हत्या—यी सबै सामान्य जस्तै भइसकेका थिए। सास फेर्नु पनि अपराध जस्तो समय थियो त्यो।

२०४० साल माघ १ गतेको रात, माघे संक्रान्तिको उत्सव मनाइरहेको सिन्धुपाल्चोकको सानो गाउँ पिस्करमाथि राज्य आतंक खनियो। त्यो रात केवल दुई जना मानिस मारिएनन् । त्यो रात मानवीयता, न्याय र स्वतन्त्रताको सपना पनि गोलीको निशानामा पर्‍यो।

वीरबहादुर थामी र इले थामी त्यही रात ढले। पछि दमनका घाउहरू थपिँदै गए, मृत्युको संख्या छ पुग्यो। गाउँभरि सन्नाटा छायो—तर त्यो सन्नाटा डरको मात्र थिएन, त्यो आक्रोशको पनि थियो।

अरुण नेपाल, सुरेश नेपाललगायत दर्जनौँ युवाहरू गिरफ्तार भए। सयौँमाथि वारेन्ट जारी गरियो। पिस्कर मात्र होइन, पूरै क्षेत्र एउटा खुला जेलमा परिणत भयो।

तर अचम्मको कुरा के थियो भने त्यस्तो भयावह समयमा पनि परिवर्तनको सपना मरेन। हामीमध्ये धेरैले थाहा पाएका थियौँ । जनताबाट टाढा भयो भने आन्दोलन मर्छ। त्यसैले ज्यानको जोखिम मोलेर पनि कार्यकर्ताहरू गाउँ–गाउँ पुगिरहेका थिए।

त्यतिबेला सिन्धुपाल्चोक र ‘मध्य–उत्तर’ बागमती क्षेत्रमा अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, माधव पौडेलजस्ता साथीहरू निरन्तर जनतासँग थिए। केही समयपछि ‘मध्य–दक्षिण’ क्षेत्रबाट म स्वयं जिम्मेवारी लिएर त्यही ‘मध्य–उत्तर’ क्षेत्रमा पुगेँ।

पिस्कर पुगेपछि त्यो माटोले केही भन्न खोजिरहेको महसुस हुन्थ्यो। रगत सोसिसकेको जमिन, आँसु थामेर बसेका आमाहरू, र आँखाभरि प्रश्न बोकेका बालबालिका।

त्यसैले निर्णय गरियो यो कथा हराउन दिनु हुँदैन। पिस्करमाथि भएको दमन र जनताको प्रतिरोध इतिहासमा दर्ज हुनैपर्छ। त्यो समय एउटा सानो पर्चा छाप्नु पनि मृत्युको निम्तो जस्तै थियो। तर हामीले जोखिम रोज्यौँ। किनकि डरभन्दा ठूलो थियो । इतिहास मेटिन नदिनु पर्ने जिम्मेवारी।

काठमाडौँमा रहनु हुने आदरणीय अग्निशिखा, शार्दूल भट्टराई, भूमिगत रूपमा सक्रिय माधव पौडेल, अमृत बोहोराको गहिरो प्रतिबद्धता । यी सबै मिलेर त्यो असम्भव देखिने काम सम्भव बन्यो।

टेकुको सम्झना प्रेसका मानन्धर थरका मालिकले आफ्नै सुरक्षालाई दाउमा राखेर छपाइ गरिदिनुभयो। त्यो छापाखानाको मेसिनले केवल कागज होइन इतिहास छापिरहेको थियो।

यसरी जन्मियो— ‘पिस्कर : दमन र प्रतिरोधको कथा’ एउटा दस्तावेज मात्र होइन, निरंकुशताविरुद्ध जनताको मौन चिच्याहट।

 माघे संक्रान्ति आउँदा, चाकुको मिठासभन्दा पहिला पिस्करको पीडा सम्झिन्छु। तर त्यो पीडासँगै गर्व पनि आउँछ । किनकि त्यो गाउँ रोएन मात्रै, उसले प्रतिरोध पनि गर्‍यो।

विडम्बना यही हो। आज केही मानिसहरू ती संघर्षहरूलाई नबुझी, अवमूल्यन गर्दै अगाडि बढ्न खोजिरहेका छन्। तर सत्य त यही हो आजको यो खुला आकाश, यो बोल्न पाउने स्वतन्त्रता, यी सबै पिस्करजस्ता गाउँहरूको बलिदानमा उभिएका छन्।

पिस्कर केवल एउटा गाउँ होइन। पिस्कर एउटा चेतावनी हो र एउटा प्रेरणा पनि। इतिहास बिर्सियौँ भने भोलि फेरि अँध्यारो फर्किन सक्छ।

त्यसैले माघे संक्रान्ति आउँदा म पिस्कर सम्झिरहन्छु नबिर्सिने संकल्पसहित।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending