Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीतिमा माओवादी छ: पुन

जनयुद्धकाे समयमा गोल्डस्टार जुत्ता लगाएको मानिस माओवादी

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।

गोल्ड स्टार जुत्ता उत्पादक कम्पनी ‘किरण सु’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले यस्ताे बताएका हुन् ।

उनले सत्तापक्ष वा प्रतिपक्ष भूमिकामा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रतिको आफूहरूको दृष्टिकोण समान रहेको बताए । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस् राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने हाम्रो खुला नीति छ,’ पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सिर्जना गर्ने, मुलुकको आर्थिक विकासमा योगदान गर्नेहरूलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रूपमा लिन्छौँ ।’ त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रूपमा स्थापित गर्ने आफूहरू सधैँ लागिपर्ने उनको प्रतिबद्धता थियो ।

पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति हुने बताए । जीवन चलाउन श्रम बेच्नुपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै दुईथरीको मिलनविन्दु भएको उनको भनाइ थियो । ‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ । उद्यमीले बढी नाफा खोज्छ । उद्यम पनि चल्नुपर्छ । श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन । व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नु हुँदैन,’ पुनले भने, ‘बाँच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै उनीहरूबिचको ‘मिटिङ प्वाइन्ट हो । श्रम किन्ने र बेच्ने दुवैले एकअर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’ उद्योगीको पुँजी, जमिन, मेसिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबिच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो ।

उनले राष्ट्रिय पुँजीपतिहरूलाई प्रवर्द्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर संगठनलाई पनि सोही नीति अनुसरण गर्न अपिल गरे । उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे‍ । पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्डस्टार जुत्ता मुलुककै गर्ब गर्नलायक उत्पादन भएको बताए । 

आफूहरूले जनयुद्धको समयमा गोल्डस्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे । सोही कारण राज्य सञ्चालकहरूले गोल्डस्टारको उत्पादन, बिक्री-वितरण गर्नेदेखि प्रयोगकर्तालाई समेत दुःख दिएको उनले बताए । ‘जनयुद्धकाे समयमा राज्य वा प्रहरी प्रशासनले गोल्डस्टार जुत्ता लगाएको मानिस माओवादी हो, देख्नेबित्तिकै गोलीले सुट गर्नु भनेर आदेश दिएका कारण कतिपय स्थानमा घटना पनि घटेका छन् । 

गोल्डस्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ,’ पुनले भने । गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोडको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे । ‘हामी धेरैजसो विदेशी सामान किन्छौँ । विदेश निर्यात गर्ने हामीसँगै कमै उत्पादन छन् । गोल्डस्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरबको कुरा हो,’ पुनले भने, ‘गोल्डस्टार नेपालको राष्ट्रिय ब्रान्ड हो ।’ 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending