महोत्तरी। महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् ।
वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ ।केही दिन देखि वायु प्रदुषण अत्याधिक बढे पछी बाहिर निस्कदाँ र घरमा नै बसिरहदाँ पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रहयो भने भयावह हुने देखिन्छ ।’
विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्याधिक धुवा देखिए पछी बिहानै मर्निङ्गवाकमा निक्लनेहरु पनि त्रसित बनेका छन् ।
शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदुषणका तस्विरहरु साझा गर्दै विशेषगरि बालवालिका र बृद्दहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा वाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसवाट सावधान अपनाउनु पर्ने नितान्त आवस्यक छ ।’
यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।
‘अहिले जताततै डढेलो लगाईएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्त्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएतापनि सावधानी अपनाउनु पर्छ ।’
स्वास्थ्यकर्मीहरुले कामबिना वाहिर ननिस्कन सुझाएका छन् । बर्षा समेत नभईरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - १४:२०
कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...
जेष्ठ २२ गते, २०८३ - १४:०३
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...
जेष्ठ २२ गते, २०८३ - १३:४०
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...
जेष्ठ २२ गते, २०८३ - १३:२६
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...
जेष्ठ २२ गते, २०८३ - १२:५८
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...
जेष्ठ २२ गते, २०८३ - १२:४७
काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...
जेष्ठ २२ गते, २०८३ - १२:३६
काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...
जेष्ठ २२ गते, २०८३ - १२:३०
चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...
जेष्ठ २२ गते, २०८३ - १२:१८
काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...
जेष्ठ २२ गते, २०८३ - ११:४६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...



प्रतिकृया लेख्नुहोस्: