महोत्तरी। महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् ।
वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ ।केही दिन देखि वायु प्रदुषण अत्याधिक बढे पछी बाहिर निस्कदाँ र घरमा नै बसिरहदाँ पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रहयो भने भयावह हुने देखिन्छ ।’
विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्याधिक धुवा देखिए पछी बिहानै मर्निङ्गवाकमा निक्लनेहरु पनि त्रसित बनेका छन् ।
शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदुषणका तस्विरहरु साझा गर्दै विशेषगरि बालवालिका र बृद्दहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा वाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसवाट सावधान अपनाउनु पर्ने नितान्त आवस्यक छ ।’
यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।
‘अहिले जताततै डढेलो लगाईएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्त्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएतापनि सावधानी अपनाउनु पर्छ ।’
स्वास्थ्यकर्मीहरुले कामबिना वाहिर ननिस्कन सुझाएका छन् । बर्षा समेत नभईरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...
पौष १५ गते, २०८२ - १०:५५
रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...




प्रतिकृया लेख्नुहोस्: