Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्‍याउन थालेको छ । केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् । 

ईश्वरपुर नगरपालिका १२, मा पर्ने सिद्धेश्वरी सामुदायिक वनमा तीन दिनदेखि फैलिएको डढेलोले खानेपानीको पाइप जल्दा २५ घरधुरीमा खानेपानीको समस्या भएको छ । 

डढेलोमा परेर पाइप जलेपछि गुइडुङ, टुडी र अड्डी क्षेत्रमा खानेपानीको समस्या भएको हो । वन डढेलोले ५० मिटर भन्दा बढी पाइप जलेपछि धारामा पानी आउन छाडेको अड्डी गाउँका लालविर योञ्जनले जानकारी दिए । 

गाउँलेले प्रयास गरेपनि डढेलो निभाउन नसकेको उनले बताए । “डढेलोले वनमा विछ्याइएको पाइप सबै ध्वस्त पारेको छ,” योन्जनले भन्नुभयो, “भीरपाखामा लागेको डढेलो निभाउने प्रयास गरेपनि सम्भव भएन ।” 

यहाँ गत वर्ष मात्रै बाँके खोलाबाट लिफ्टिङ गरेर खानेपानी पुर्‍याइएको थियो । डढेलोले खानेपानीको पाइप जलेपछि फूलजोर खोलामा रहेको कुवाको धमिलो पानी खाइरहेको योञ्जनले बताए । 

सिद्धेश्वरी सामुदायिक वनका अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष रहेका वीरबहादुर थिङले डढेलोले ठाउँठाउँमा पाइप काटेकाले समस्या परेको बताउनुभयो । खानेपानीको पाइप सखाप पारेको डढेलोले पाखामा रहेका घरहरु समेत जोखिममा पारेको वनका अध्यक्ष थिङले बताएको छन । 

ूमङ्गलबार राति गाउँले गएर डढेलो निभाउन खोज्यौँ तर धेरै ठूलो आगो फैलिएकाले सम्भव नै भएन,” थिङले भन्नुुभयो, “तराईफाँटमा जस्तो हाम्रोतिरको भीरपाखामा लागेको डढेलो निभाउन असाध्य मुस्किल पर्छ ।” 

सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेपाखामा बाक्लो मानव बस्ती छ । यि चारवटै पालिकाका चुरेपाखामा रहेका सामुदायिक वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयले बताएका छन् । 

गाउँका युवा मिलेर वन डढेलो निभाउने गरेको भएपनि पल्छिल्ला वर्षहरुमा युवा पुस्ता वैदेशिक रोजगारमा पलाउने भएकाले वनमा लागेको डढेलो निभाउन जाने मानिस समेत नरहेका गुनासो आएको छ । चुरेको जङ्गल नै जङ्गलले घेरिएको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले जताततै तीव्ररुपमा डढेलो अघि बढेको बताए। 

दुुई दिनअघि वन डढेलोले बोहोरेडाँडाबाट चिसापानीतर्फ निर्माणाधीन खानेपानी पाइपलाइन जल्ने अवस्था आएपछि १० बजे राति आठ(दस जना गाउँले पुुगेर डढेलो नियन्त्रणमा लिएकाले पाइप जल्नबाट जोगिएको वडाध्यक्ष बलले जानकारी दिए। भौगोलिकरुपमा विकट चुरेपाखामा लागिरहेको डढेलो निभाउन असाध्य समस्या रहेको वडाध्यक्ष बलले बताए । 

डढेलोले आफ्नो वडामा चुरे जङ्गलभित्र रहेका दर्जनौँ घर जोखिममा परेका वडाध्यक्ष बलले बताए। “पहाडैपहाड भएकाले समथर भू–भागमा जस्तो चुरेपाखाको डढेलो निभाउन गाह्रो छ,” वडाध्यक्ष बलले भने, “जङ्गलसँग जोडिएको घर जल्ने जोखिम धेरै छ ।” 

लालबन्दी १५ मा गत वर्ष डढेलोमा परेर एउटा घर, गोठ र दुुईवटा गोरु जलेका थिए । चुरेफेदीका गाउँबाट साँझपख उत्तरतर्फका चुरेजङ्गलमा भीषणरुपमा डढेलो फैलिएको दृश्य देख्ने गरिएको स्थानीयले बताएका छन् । 

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले मानवीय लापरवाहीका कारण वन डढेलो फैलिएको बताउनुभएको छ । झाले घाँस पलाउने र शिकार गर्ने लोभले वनमा डढेलो लगाउने परिपाटी देखिएको बताए। 

वन कार्यालयको एकल प्रयासले मात्रै डढेलो निभाउन कठीन हुने भएकाले स्थानीय वासिन्दा र उपभोक्ता समितिले नै डढेलो नियन्त्रणका लागि अगुवाई गर्नुपर्ने डिभिजन वन प्रमुख झाको भनाइ छ । “डढेलो नियन्त्रण गर्न भनेर हामीले यो वर्ष १० जना अग्नी नियन्त्रक नियुक्त गरेका छौँ,” डिभिजन वन प्रमुख झाले भने, “वन कार्यालयले मात्रै त डढेलो निभाउन सम्भव छैन, त्यसका लागि उपभोक्ता र समितिहरु पनि सक्रिय हुन जरुरी छ ।” 

केही साताअघि डढेलो लागिसकेका वनमा पुनः सुकेको पात झरेर हावाहुरी चल्दा पुनस् डढेलो लाग्न थालेको छ । फूलजोर, बाँके, सागरनाथ, मूर्तिया, परवानीपुर लगायत क्षेत्रका वनमा अझै डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास बुलेट दुर्घटना, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending