Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्‍याउन थालेको छ । केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् । 

ईश्वरपुर नगरपालिका १२, मा पर्ने सिद्धेश्वरी सामुदायिक वनमा तीन दिनदेखि फैलिएको डढेलोले खानेपानीको पाइप जल्दा २५ घरधुरीमा खानेपानीको समस्या भएको छ । 

डढेलोमा परेर पाइप जलेपछि गुइडुङ, टुडी र अड्डी क्षेत्रमा खानेपानीको समस्या भएको हो । वन डढेलोले ५० मिटर भन्दा बढी पाइप जलेपछि धारामा पानी आउन छाडेको अड्डी गाउँका लालविर योञ्जनले जानकारी दिए । 

गाउँलेले प्रयास गरेपनि डढेलो निभाउन नसकेको उनले बताए । “डढेलोले वनमा विछ्याइएको पाइप सबै ध्वस्त पारेको छ,” योन्जनले भन्नुभयो, “भीरपाखामा लागेको डढेलो निभाउने प्रयास गरेपनि सम्भव भएन ।” 

यहाँ गत वर्ष मात्रै बाँके खोलाबाट लिफ्टिङ गरेर खानेपानी पुर्‍याइएको थियो । डढेलोले खानेपानीको पाइप जलेपछि फूलजोर खोलामा रहेको कुवाको धमिलो पानी खाइरहेको योञ्जनले बताए । 

सिद्धेश्वरी सामुदायिक वनका अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष रहेका वीरबहादुर थिङले डढेलोले ठाउँठाउँमा पाइप काटेकाले समस्या परेको बताउनुभयो । खानेपानीको पाइप सखाप पारेको डढेलोले पाखामा रहेका घरहरु समेत जोखिममा पारेको वनका अध्यक्ष थिङले बताएको छन । 

ूमङ्गलबार राति गाउँले गएर डढेलो निभाउन खोज्यौँ तर धेरै ठूलो आगो फैलिएकाले सम्भव नै भएन,” थिङले भन्नुुभयो, “तराईफाँटमा जस्तो हाम्रोतिरको भीरपाखामा लागेको डढेलो निभाउन असाध्य मुस्किल पर्छ ।” 

सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेपाखामा बाक्लो मानव बस्ती छ । यि चारवटै पालिकाका चुरेपाखामा रहेका सामुदायिक वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयले बताएका छन् । 

गाउँका युवा मिलेर वन डढेलो निभाउने गरेको भएपनि पल्छिल्ला वर्षहरुमा युवा पुस्ता वैदेशिक रोजगारमा पलाउने भएकाले वनमा लागेको डढेलो निभाउन जाने मानिस समेत नरहेका गुनासो आएको छ । चुरेको जङ्गल नै जङ्गलले घेरिएको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले जताततै तीव्ररुपमा डढेलो अघि बढेको बताए। 

दुुई दिनअघि वन डढेलोले बोहोरेडाँडाबाट चिसापानीतर्फ निर्माणाधीन खानेपानी पाइपलाइन जल्ने अवस्था आएपछि १० बजे राति आठ(दस जना गाउँले पुुगेर डढेलो नियन्त्रणमा लिएकाले पाइप जल्नबाट जोगिएको वडाध्यक्ष बलले जानकारी दिए। भौगोलिकरुपमा विकट चुरेपाखामा लागिरहेको डढेलो निभाउन असाध्य समस्या रहेको वडाध्यक्ष बलले बताए । 

डढेलोले आफ्नो वडामा चुरे जङ्गलभित्र रहेका दर्जनौँ घर जोखिममा परेका वडाध्यक्ष बलले बताए। “पहाडैपहाड भएकाले समथर भू–भागमा जस्तो चुरेपाखाको डढेलो निभाउन गाह्रो छ,” वडाध्यक्ष बलले भने, “जङ्गलसँग जोडिएको घर जल्ने जोखिम धेरै छ ।” 

लालबन्दी १५ मा गत वर्ष डढेलोमा परेर एउटा घर, गोठ र दुुईवटा गोरु जलेका थिए । चुरेफेदीका गाउँबाट साँझपख उत्तरतर्फका चुरेजङ्गलमा भीषणरुपमा डढेलो फैलिएको दृश्य देख्ने गरिएको स्थानीयले बताएका छन् । 

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले मानवीय लापरवाहीका कारण वन डढेलो फैलिएको बताउनुभएको छ । झाले घाँस पलाउने र शिकार गर्ने लोभले वनमा डढेलो लगाउने परिपाटी देखिएको बताए। 

वन कार्यालयको एकल प्रयासले मात्रै डढेलो निभाउन कठीन हुने भएकाले स्थानीय वासिन्दा र उपभोक्ता समितिले नै डढेलो नियन्त्रणका लागि अगुवाई गर्नुपर्ने डिभिजन वन प्रमुख झाको भनाइ छ । “डढेलो नियन्त्रण गर्न भनेर हामीले यो वर्ष १० जना अग्नी नियन्त्रक नियुक्त गरेका छौँ,” डिभिजन वन प्रमुख झाले भने, “वन कार्यालयले मात्रै त डढेलो निभाउन सम्भव छैन, त्यसका लागि उपभोक्ता र समितिहरु पनि सक्रिय हुन जरुरी छ ।” 

केही साताअघि डढेलो लागिसकेका वनमा पुनः सुकेको पात झरेर हावाहुरी चल्दा पुनस् डढेलो लाग्न थालेको छ । फूलजोर, बाँके, सागरनाथ, मूर्तिया, परवानीपुर लगायत क्षेत्रका वनमा अझै डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालय तीन दिन बन्द

कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...

गृह मन्त्रालयले एसएसपी सरुवा सच्यायो, उपत्यका ट्राफिकमा सुरेश काफ्ले पठाइए

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, द्विपक्षीय वार्तामा व्यापार–ऊर्जा लगायत विषयमा छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...

संविधान संशोधन गर्दा धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...

प्रधानमन्त्रीलाई मोबाइलमा के म्यासेज लेखेका रहेछन् सचिव कृष्णहरिले ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...

संसद्मा पेश भएका आठ अध्यादेशको स्वीकृति प्रक्रिया अघि बढेन

काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...

छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...

विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज

चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...

राष्ट्रिय सभाको एक सिट साढे चार महिनादेखि रिक्त, ओम प्रकाश अर्यालको नाम अनुमोदन हुन सकेन

काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...

सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending