Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

खबरडबली संवाददाता

ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा धेरै फल्ने, तुलनात्मकरूपमा रोग तथा किरा कम लाग्ने र सिँचाइको उपयुक्त व्यवस्था भएकाले यस बालीतर्फ किसानको रुचि बढेसँगै क्षेत्रफलमा वृद्धि भइरहेको स्थानीय किसानको भनाइ छ ।

धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुरका किसान मुनजी यादवले यतिबेला यहाँका किसान चैते धान रोप्न व्यस्त रहेको बताए। गहुँबाली भित्र्याएर खाली भएको खेत तयार पारेर यहाँका किसान चैते धान रोपाइँ गरिरहेको बताउँदै उनले तीन चार वर्षअघिको तुलनामा यो बाली लगाउने किसानको सङ्ख्या निकै बढेको जानकारी दिए । यहाँ कति बिघामा यो धान रोपिएको बारे

उनले भने, “तीनरचार वर्ष अघिसम्म यहाँका थोरै किसानले मात्र यो बाली लगाउने गरेका थिए । अहिले चैते धान रोप्ने किसानको सङ्ख्यासँगै क्षेत्रफल पनि बढेको छ । यहाँ कति बिघा खेतमा यो धान रोपिएको बारे भन्न सकिँदैन तर यहाँका अधिकांश खेतमा चैते धान लगाइएको हुन्छ ।”

उनका अनुसार सिँचाइ गर्न किसान आफ्नै लगानीमा स्यालो ट्युवबेल गाडेका छन् । मलखाद सहज उपलब्ध, सहुलियत दरमा धानको बिउ र सिँचाइ गर्न सरकारको सहयोग प्राप्त भयो भने चैते धान उत्पादनको क्षेत्रफल अझै बढ्छ । धनुषाधाम नगरपालिका–६, का वडाध्यक्ष ऋषि लामाले अघिल्ला वर्षको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको बताए।

यस्तै, चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताए। सिँचाइको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उनले जानकारी दिए।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बिउ उपलब्ध गराएको बताए।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले पछिल्लो केही वर्षयता जिल्लामा चैते धान खेती विस्तार भइरहेको बताए। जिल्ला विशेष गरी मिथिला, धनुषाधाम, छिरेश्वरनाथ, सबैलालगायत पालिका चैते धान खेतीका लागि उपयुक्त स्थान रहेको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending