भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ ।
भारतीय सर्वोच्च अदालतका अनुसार गत २० र आज २४ मार्चमा बसेको दुइवटा बैठक पछि उनलाइ इलाहावाद पठाउन सिफारिस गरिएको हो ।
दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट जलेको नोटको बन्डल भेटिएको मामिलामा सर्वोच्च अदालतले शुक्रबार राति एउटा भिडियो जारी गरेको थियो । यस भिडियोमा न्यायाधीशको सरकारी निवासमा नोटको बन्डल जलेको देख्न सकिन्छ । न्यायमूर्ति यशवन्त वर्माको सरुवा यस्तो समयमा भएको हो, जब उनको सरकारी बंगलामा आगलागी पछि ठूलो मात्रामा नगद बरामद भएको थियो ।
उनको सरकारी निवासमा होलीको दिन आगलागी भए पछि फायर बिग्रेडका कर्मचारीहरूले १५ करोड नगद फेला पारेका थिए, जसको स्रोत अझैसम्म खुल्न सकेको छैन् । उता, अझ न्यायमूर्ति यशवन्त वर्माको सरकारी निवासबाहिर पनि ५ सय रुपैयाँका नोट जलेको भेटिएको छ । वास्तवमा, न्यायाधीश यशवंत वर्माको आधिकारिक निवास ३० तुघलक रोड, दिल्लीमा छ । आइतबार उनको घरबाहिर ५ सय रुपैयाँको जलेको नोट फेला परेको थियो ।
एनडीएमसीका कर्मचारीहरूले गत आइतबार सरसफाई गर्न आएको बेला केही जलेको कागजको टुक्रा देखेका थिए तर सो कागज उठाउँदा त्यसमा ५ सयको नोटको बन्डल जलेको पाइएको थियो । पुलिस र अनुसन्धान एजेन्सीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्, जसमा जलेको नोट र अन्य सामानहरू पनि रहेका छन् ।
यद्यपि, यसअघि सर्वोच्च न्यायालयको कलेजियमको यो निर्णयको इलाहाबाद हाईकोर्ट बार एसोसिएसनले विरोध गरेको थियो । भारतको सर्वोच्च बारले उनको सरूवाको बिरोध गर्दै ‘न्यायधिसहरू फोहोरको टोकरी’ होइनन भन्ने प्रतिक्रिया दिएको थियो । तर, आज थप प्रमाण फेला परे पछि अन्ततः उनी इलाहावाद लखेटिएका छन् ।
न्यायाधीश वर्मा अक्टोबर २०२१ देखि दिल्ली उच्च अदालतमा कार्यरत थिए, त्यसअघि उनी अक्टोबर २०१४ मा इलाहाबाद उच्च अदालतमा अतिरिक्त न्यायाधीशको रूपमा कार्यरत थिए । तर, आज भारतको सर्वोच्च अदालतले ‘नोट काण्ड’ पछि इलाहावाद पठाएको हो । उनी माथी थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: