Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथि कारवाही

खबरडबली संवाददाता

भारत । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ ।

भारतीय सर्वोच्च अदालतका अनुसार गत २० र आज २४ मार्चमा बसेको दुइवटा बैठक पछि उनलाइ इलाहावाद पठाउन सिफारिस गरिएको हो ।

दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट जलेको नोटको बन्डल भेटिएको मामिलामा सर्वोच्च अदालतले शुक्रबार राति एउटा भिडियो जारी गरेको थियो । यस भिडियोमा न्यायाधीशको सरकारी निवासमा नोटको बन्डल जलेको देख्न सकिन्छ । न्यायमूर्ति यशवन्त वर्माको सरुवा यस्तो समयमा भएको हो, जब उनको सरकारी बंगलामा आगलागी पछि ठूलो मात्रामा नगद बरामद भएको थियो ।

उनको सरकारी निवासमा होलीको दिन आगलागी भए पछि फायर बिग्रेडका कर्मचारीहरूले १५ करोड नगद फेला पारेका थिए, जसको स्रोत अझैसम्म खुल्न सकेको छैन् । उता, अझ न्यायमूर्ति यशवन्त वर्माको सरकारी निवासबाहिर पनि ५ सय रुपैयाँका नोट जलेको भेटिएको छ । वास्तवमा, न्यायाधीश यशवंत वर्माको आधिकारिक निवास ३० तुघलक रोड, दिल्लीमा छ । आइतबार उनको घरबाहिर ५ सय रुपैयाँको जलेको नोट फेला परेको थियो ।

एनडीएमसीका कर्मचारीहरूले गत आइतबार सरसफाई गर्न आएको बेला केही जलेको कागजको टुक्रा देखेका थिए तर सो कागज उठाउँदा त्यसमा ५ सयको नोटको बन्डल जलेको पाइएको थियो । पुलिस र अनुसन्धान एजेन्सीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्, जसमा जलेको नोट र अन्य सामानहरू पनि रहेका छन् ।

यद्यपि, यसअघि सर्वोच्च न्यायालयको कलेजियमको यो निर्णयको इलाहाबाद हाईकोर्ट बार एसोसिएसनले विरोध गरेको थियो । भारतको सर्वोच्च बारले उनको सरूवाको बिरोध गर्दै ‘न्यायधिसहरू फोहोरको टोकरी’ होइनन भन्ने प्रतिक्रिया दिएको थियो । तर, आज थप प्रमाण फेला परे पछि अन्ततः उनी इलाहावाद लखेटिएका छन् ।

न्यायाधीश वर्मा अक्टोबर २०२१ देखि दिल्ली उच्च अदालतमा कार्यरत थिए, त्यसअघि उनी अक्टोबर २०१४ मा इलाहाबाद उच्च अदालतमा अतिरिक्त न्यायाधीशको रूपमा कार्यरत थिए । तर, आज भारतको सर्वोच्च अदालतले ‘नोट काण्ड’ पछि इलाहावाद पठाएको हो । उनी माथी थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending