काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० रुपैयाँको प्रत्येक राइडमा अब ६ रुपैयाँ सरकारलाई करस्वरूप बुझाउनुपर्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार प्रत्येक राइडमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत कारोबार कर (टीडीएस) गरी कुल ६ प्रतिशत रकम सरकारी राजस्वका रूपमा संकलन गरिनेछ।
सरकारी निर्णय लागू भएसँगै राइड सेयरिङ कम्पनीहरूले आफ्ना चालकहरूलाई सूचना जारी गर्दै उक्त रकम एपमा ‘तिर्न बाँकी रकम’ का रूपमा देखिने र तोकिएको समयभित्र अनिवार्य रूपमा सरकारलाई बुझाउनुपर्ने जानकारी दिएका छन्।
यसअघि नै राइड सेयरिङ कम्पनीहरूले सेवा शुल्कका रूपमा उल्लेख्य कमिसन लिँदै आएका छन्। पठाओले करिब २० प्रतिशत, इन्ड्राइभले १० प्रतिशत र याङ्गोले ३ प्रतिशत सम्म कमिसन काट्ने गरेका छन्।
अब सरकारी करसमेत जोडिएपछि केही कम्पनीका चालकले सेवा शुल्क र कर मात्रै २६ प्रतिशतसम्म तिर्नुपर्ने अवस्था आएको छ। यसबाहेक इन्धन, सवारीसाधनको मर्मत, मोबाइल डाटा, कल तथा अन्य सञ्चालन खर्च पनि चालक आफैंले व्यहोर्नुपर्ने भएकाले उनीहरूको आम्दानीमा थप दबाब पर्ने देखिएको छ।
राइड सेयरिङ क्षेत्रमा लागू गरिएको यो नयाँ कर व्यवस्थाले चालकको आम्दानी, यात्रु भाडा र समग्र डिजिटल यातायात सेवामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: