Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

खबरडबली संवाददाता

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्दै प्रत्येक नवजात शिशुको नाममा ५ हजारदेखि २० हजार रुपैयाँसम्म बचत गरिदिने व्यवस्था गरेको हो।

गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ अन्तर्गत जन्मिने प्रत्येक बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले यो योजना लागू गरेको जनाएको छ। राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा सुरु गरिएको यो कार्यक्रम अहिले स्थानीय तहका नवीन र अनुकरणीय अभ्यासमध्ये एक मानिएको छ।

जन्मिएसँगै बचत, धेरै सन्तानलाई बढी प्रोत्साहन

संशोधित कार्यविधिअनुसार अब पहिलो सन्तानका लागि ५ हजार रुपैयाँ, दोस्रोका लागि १० हजार रुपैयाँ, तेस्रोका लागि १५ हजार रुपैयाँ तथा चौथो र सोभन्दा माथिका प्रत्येक सन्तानका लागि २० हजार रुपैयाँ बालबालिकाको नाममा बचत गरिनेछ।

यति मात्र होइन, दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप रकम जम्मा गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। पछिल्लो समय घट्दो जन्मदरलाई सम्बोधन गर्दै जनसंख्या वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो नीति ल्याइएको हो।

गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार गाउँपालिकाको लक्ष्य धेरै सन्तान जन्माउन मात्रै प्रोत्साहित गर्नु नभई जन्मिने प्रत्येक बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्नु पनि हो।

उनले भने, "सानो बचतले पनि भविष्यमा बालबालिकाको शिक्षा, स्वास्थ्य र अन्य आवश्यकतामा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं।"

पहिलो वर्षभन्दा दोस्रो वर्ष लाभग्राही बढे

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीका अनुसार कार्यक्रम सुरु भएको पहिलो वर्ष ५३ जना नवजात शिशु लाभान्वित भएका थिए। कार्यक्रमप्रति आकर्षण बढेसँगै चालु आर्थिक वर्षमा लाभग्राहीको संख्या बढेर ७४ जना पुगेको छ।

यस वर्ष मात्रै पहिलो सन्तानका २५ जना, दोस्रोका ३३ जना, तेस्रोका १० जना, चौथोका ४ जना तथा पाँचौँ र छैटौँ सन्तानका १/१ जना यस कार्यक्रमबाट लाभान्वित भएका छन्।

पहिलो सन्तानकी आमा सुजता न्यौपानेले बच्चा जन्मिनेबित्तिकै बचत सुरु हुने व्यवस्था निकै सकारात्मक भएको बताइन्। तेस्रो सन्तानकी अभिभावक भोजकुमारी सङ्ग्रौलाले यसले बालबालिकाको भविष्यप्रति थप आशा जगाएको प्रतिक्रिया दिइन्। चौथो सन्तानकी आमा कमला कार्कीले रकमभन्दा यसको उद्देश्य ठूलो भएको भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लक्षित कार्यक्रम

छथर गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई केवल भत्ता वितरणमा सीमित राखेको छैन। जन्मदेखि वृद्धावस्थासम्म नागरिकलाई लक्षित गर्दै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम अन्तर्गत एकल पुरुष ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ प्रदान गर्दै आएको छ। त्यस्तै, घरदैलो स्वास्थ्य उपचार कार्यक्रम मार्फत स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श दिने व्यवस्था गरिएको छ।

आर्थिक रूपमा कमजोर, दलित तथा आवासविहीन परिवारका लागि जनता आवास कार्यक्रम, शोकमा परेका परिवारलाई मलामी खाजा सहयोग, विपन्न र असहाय नागरिकका लागि भोका नागरिकलाई खाना कार्यक्रम तथा श्रममार्फत रोजगारी सिर्जना गर्ने खाद्य रोजगारी कार्यक्रम समेत सञ्चालन भइरहेको छ।

विकासको केन्द्रमा नागरिक

स्थानीय तहहरू प्रायः सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माणका कारण चिनिने गरे पनि छथर गाउँपालिकाले विकासको केन्द्रमा नागरिकलाई राखेर सामाजिक सुरक्षा र जनजीविकासँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

जन्मिनेबित्तिकै बचत, धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन, ज्येष्ठ नागरिकको सम्मान, घरदैलोमै स्वास्थ्य सेवा, सुरक्षित आवास, शोकमा सहयोग, भोकमरी न्यूनीकरण र श्रममार्फत आत्मनिर्भरता जस्ता कार्यक्रमले छथर गाउँपालिकालाई सामाजिक सुरक्षाको क्षेत्रमा फरक अभ्यास गर्ने स्थानीय तहका रूपमा स्थापित गरिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending