पोखरा । पोखराको बीचभाग भएर बग्ने सेती नदीमा आएको सुख्खा पहिरोले नदीको प्राकृतिक बहाव अवरुद्ध भएपछि अहिले नदीको स्वरूप नै बदलिएको छ। गत वैशाखमा पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रे क्षेत्रमा गएको पहिरोले नदी बग्ने सतह थुनिएपछि सेतीको करिब आधा पानी पुरानो सतह छाडेर ३५–४० मिटर माथिबाट झरनाझैँ बग्न थालेको छ।
भूगर्भीय हिसाबले अत्यन्त संवेदनशील मानिने सेतीको यो क्षेत्रमा पानी थुनिँदा ठूलो जोखिम सिर्जना भएको भन्दै भूगोलविद्, स्थानीय र प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
पोखरा–१० को रामघाटबाट करिब सात किलोमिटर भूमिगत तथा खोँच हुँदै बग्ने सेती रातोपैह्रे क्षेत्रमा खुला सतहमा निस्कन्छ। तर पहिरोले प्राकृतिक बहाव रोकिदिएपछि ठूलो परिमाणमा पानी भूमिगत क्षेत्रमा थुनिएको छ भने बाँकी पानी अग्लो सतहबाट झरेर बगिरहेको छ। यसका कारण रामघाटदेखि रातोपैह्रेसम्म नदीभित्र ठूलो परिमाणमा पानी जमेको अनुमान गरिएको छ।
विज्ञहरूका अनुसार यदि लगातार वर्षा भइरह्यो र थुनिएको पानी अझै केही दिन यही अवस्थामा रह्यो भने नदीको दायाँ–बायाँ भागबाट पानी नयाँ बाटो खोज्न सक्ने, जमिन भासिने वा एकैपटक थुनिएको पानी फुटेर ठूलो बाढी आउने जोखिम बढ्न सक्छ।
स्थानीय हरि बस्तोलाले पहिरो गएको क्षेत्रमा अझै जमिन बिस्तारै भासिने र माथिबाट थप पहिरो झर्ने क्रम जारी रहेको बताए। उनका अनुसार थुनिएको पानीले भू–भाग झन् कमजोर बनाइरहेको छ। यदि एक्कासि अवरोध फुट्यो भने रातोपैह्रे, महत्तगौंडा, लामातारा, दोबिल्ला हुँदै तनहुँको दमौलीसम्म तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने जोखिम छ।
पृथ्वीनारायण क्याम्पसको भूगोल विभागका प्रमुख डा. रामजीप्रसाद पोखरेलले पोखराको भू–बनोट चुनढुंगा र खोक्रो संरचनायुक्त भएकाले यस्तो अवस्थामा जोखिम अझ बढी हुने बताए। उनका अनुसार पानी लामो समयसम्म थुनिँदा त्यसले नयाँ भूमिगत मार्ग बनाउन सक्छ, जसले जमिन भासिने र संरचनामा क्षति पुग्ने खतरा बढाउँछ।
उनले नेपालसँग यस्ता अवरोध तत्काल हटाउन सक्ने आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्दै नदीले पुनः आफ्नो प्राकृतिक बहाव नलिएसम्म जोखिम कायम रहने बताए। नदी किनारका बासिन्दा सतर्क रहनुपर्ने र आवश्यक परे जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनको सुझाव छ।
अर्का भूगोलविद् डा. कृष्ण केसीले पनि यस क्षेत्रमा विगतदेखि नै जमिन भासिने र सेती नदीको किनारा खस्ने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै नियमित निगरानी र दीर्घकालीन विपद् व्यवस्थापन योजना आवश्यक रहेको बताए।
यता कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सेती नदी थुनिएको विषयलाई गम्भीर रूपमा लिएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विज्ञ तथा सम्बन्धित निकायसँग समन्वय गरी जोखिम न्यूनीकरणका उपायबारे काम भइरहेको जानकारी दिए।
उनका अनुसार घटनास्थलमा सुरक्षा टोली परिचालन गरिएको छ भने नदीको प्राकृतिक बहाव पुनः सञ्चालन गर्न सकिने सम्भावित उपायबारे प्राविधिकसँग छलफल भइरहेको छ।
लगातारको वर्षासँगै सेती नदीमा देखिएको यो अस्वाभाविक अवस्था अहिले पोखराका लागि मात्र होइन, तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि पनि चिन्ताको विषय बनेको छ। विज्ञहरूले अफवाहभन्दा आधिकारिक सूचना पछ्याउन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: