Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

म्याद थपिँदै, काम घट्दै: मेची करिडोरमा पाँच वर्षको बेथिति

ठेकेदारको ढिलासुस्तीले पूर्वी पहाडका नागरिकलाई वर्षैपिच्छे सास्तीमा

खबरडबली संवाददाता

इलाम । पूर्वी नेपालका इलाम, पाँचथर र ताप्लेजुङका नागरिकका लागि ‘जीवनरेखा’ मानिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माण ठेकेदारको चरम लापरबाहीका कारण पाँच वर्ष बित्दासमेत आधा पनि सम्पन्न हुन सकेको छैन। वैकल्पिक मार्गका रूपमा निर्माण भइरहेको यो सडक समयमा नबन्दा मेची राजमार्ग बन्द हुनेबित्तिकै हजारौं यात्रु र स्थानीयवासीले वर्षेनी सास्ती भोग्न बाध्य छन्।

पटक–पटक पहिरोले मेची राजमार्ग अवरुद्ध भइरहँदा सहज आवागमनको विकल्प बन्नुपर्ने मेची करिडोर आफैं अलपत्रजस्तै बनेको छ। झापाको बिर्तामोड पुग्न अहिले मेची राजमार्ग हुँदै करिब ८६ किलोमिटर यात्रा गर्नुपर्छ। तर, मेची करिडोर समयमै सम्पन्न भएको भए यही दूरी करिब ४८ किलोमिटर मा सीमित हुने थियो। यसले समय, इन्धन र ढुवानी खर्चमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको थियो। तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण त्यो सपना अझै कागजमै सीमित छ।

खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते दुई वर्षभित्र काम सक्ने गरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँ मा गोलाखर्क भञ्ज्याङ–बेलासे खण्ड (करिब ९.५ किलोमिटर) को ठेक्का लिएको थियो। सम्झौताअनुसार काम २०८० पुस २९ भित्र सकिनुपर्ने थियो। तर निर्धारित समय गुज्रिएपछि पटक–पटक म्याद थपिँदै अहिले २०८३ असोज सम्म पुर्‍याइएको छ।

तर, पाँच वर्ष बित्न लाग्दा पनि आयोजनाको भौतिक प्रगति जम्मा ४६ प्रतिशत मात्रै पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ।

डिभिजन प्रमुख पवन भट्टराईका अनुसार ठेक्काअन्तर्गत सडक चौडा बनाउने, नाली, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब–बेस, बेस र कालोपत्रे गर्ने सबै काम समेटिएको भए पनि अहिलेसम्म एक मिटर पनि कालोपत्रे भएको छैन।

उनका अनुसार करिब ३–४ किलोमिटर क्षेत्रमा सब–बेससम्मको काम गरिए पनि लामो समय काम रोकिँदा वर्षायाममा त्यो पनि बगेर क्षतिग्रस्त हुने अवस्था आएको छ।

इलाम र झापालाई छोटो दूरीबाट जोड्ने यो सडकको सबैभन्दा जटिल मानिएको गोलाखर्क भञ्ज्याङ–बेलासे खण्डमै काम सुस्त हुँदा समग्र आयोजना प्रभावित बनेको छ। अहिले यही खण्डमा हिलो, खाल्डाखुल्डी र जीर्ण अवस्थाका कारण सवारी सञ्चालनसमेत जोखिमपूर्ण बनेको छ।

केही दिनअघि राजदुवाली क्षेत्रमा ठूलो पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भयो। त्यतिबेला मेची करिडोरलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको थियो। तर सडक निर्माण अधुरै रहेकाले यात्रुले फेरि घण्टौं सास्ती खेप्नुपर्‍यो। बिरामी बोकेका एम्बुलेन्सदेखि विद्यार्थी, व्यापारी र दैनिक यात्रुसम्म सबै प्रभावित भए।

यसअघि इलाम भ्रमणका क्रममा तत्कालीन संघीय पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको निर्माण प्रगति असन्तोषजनक रहेको भन्दै ठेक्का नै तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए। पछि निर्माण कम्पनीलाई अन्तिम अवसर दिने निर्णय गरिए पनि त्यसपछि पनि कामले उल्लेखनीय गति लिन सकेन।

स्थानीय मनकुमार फागो भन्छन्, "ठेकेदारलाई पटक–पटक मौका दिइयो, तर काम उस्तै सुस्त छ। सास्ती भने जनताले मात्रै भोगिरहेका छन्।"

स्थानीय व्यवसायी ईश्वर चिपालुको गुनासो पनि उस्तै छ। उनका अनुसार, "सडक समयमै बनेको भए मेची राजमार्ग बन्द हुँदा पनि समस्या हुने थिएन। अहिले निर्माण ढिलाइले व्यापारीदेखि बिरामीसम्म सबै मारमा परेका छन्।"

स्थानीयका अनुसार पहाडी जिल्लामा एउटै राजमार्गमा निर्भर हुनु जोखिमपूर्ण हुन्छ। त्यसैले वैकल्पिक सडक समयमै निर्माण हुनुपर्ने भए पनि कमजोर अनुगमन, निर्माण कम्पनीको लापरबाही र सम्बन्धित निकायको उदासीनताका कारण आयोजना वर्षौंदेखि अलपत्र परेको छ।

स्थानीयवासी अहिले मेची करिडोरलाई ‘कागजको आयोजना’ भन्न थालेका छन्। वर्षौंदेखि पूरा हुने आशा गरिएको सडक अझै अधुरै रहँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले हरेक वर्ष वर्षायाममा दोहोरिने सडक संकट झेल्न बाध्य भएका छन्।

मेची राजमार्ग बन्द हुँदा विकल्प छैन, विकल्प बनाउने भनिएको मेची करिडोर पनि अधुरै छ। यस्तो अवस्थामा अब पनि सम्बन्धित निकायले ठेकेदारमाथि कडा कारबाही नगर्ने र निर्माणलाई तीव्रता नदिने हो भने पूर्वका तीन जिल्लाका नागरिकले अझै वर्षौंसम्म यही सास्ती दोहोर्‍याइरहनुपर्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending