ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोधी पक्षले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका करण जनजीवन प्रभावित बनेको छ । तीन दिनअघि अर्थात् गएको मङ्गलबारदेखि आह्वान गरिएको यातायात बन्दले ताप्लेजुङसहित मेची अञ्चलका पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबुलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत आधा दर्जन संस्थाले मङ्गलबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन् । मेची राजमार्ग र तमोर कोरिडोर सडकमा बन्द आह्वान गरिएकाले ताप्लेजुङसहित पाँचथर र इलाम जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानपछि तीन दिनदेखि यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित बन्दै गएको हो ।
मुख्य सडक मेची राजमार्ग र तमोर कोरिडोरसँगै जिल्लाभित्रका ग्रामीण सडकमासमेत यातायात ठप्प हुँदा जनजीवन थप प्रभावित बनेको छ । तेह्रथुम जिल्ला हुँदै ताप्लेजुङ भित्रिने सडकसमेत ठप्प पारिएको छ । यात्रुबाहक सवारी साधनसँगै दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलसमेत चल्न नदिँदा यात्रुहरु मार्कामा परेका छन् ।
त्यस्तै मालबाहक सवारी साधन ठप्प हुँदा जिल्लामा खाद्यान्नसहित उपभोग्य वस्तुको अभाव सिर्जना हुने सम्भावना बढेको स्थानीय व्यापारीले बताउन थालेका छन् । यसैगरी निर्माणका सामग्रीहरु आयात गर्न नसक्दा विकास योजना तथा पूर्वाधार निर्माणका काममा प्रत्यक्ष असर पुगिरहेको निर्माण व्यवसायीले बताएका छन् । बजार पसलमा कालोबजारीको खतरा पनि उत्तिकै बढ्दै गएको बताइएको छ ।
यता यातायात बन्दले सर्वसाधारणको जनजीवनमा गम्भीर असर परेकोभन्दै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी वार्ताद्वारा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । उद्योग बाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले जारी गरेका विज्ञप्तिमा बन्दले सर्वसाधारणको जनजीवनमा बढी असर पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत सरकारलाई उच्च स्तरीय वार्ताटोली गठन गरी आन्दोलनरत पक्षको जायज मागको सम्बोधन हुनेगरी वार्ता गर्न र आन्दोलनरत पक्षलाई यातायात बन्द फिर्ता लिई जनजीवन सामान्य बनाउने बिषयमा सहयोग गर्न बाणिज्य सङ्घले आग्रह गरेको छ । यस्तै सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमालेसहित जिल्लाका छ राजनीतिक दलले पनि बिहीबार नै संयुक्त विज्ञप्ति प्रकाशित गरी अशान्त बनेको परिस्थितिलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्य दलमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । राजनीतिक दलले हालको असहज परिस्थितिलाई सहज बनाउन आन्दोलनरत पक्ष, सरकार र केबुलकार कम्पनीबिच वार्ता र सम्वाद गरी निस्कषमा पुग्न आग्रह गरेका छन् । दलहरुले जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न पनि सबैसँग आह्वान गरेका छन् । बाणिज्य सङ्घ र दलहरुले झडपमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उनीहरुको उपचार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षणसमेत गरेका छन् ।
केबुलकार निर्माणको काम अघि बढाउने क्रममा गत माघ १२ गते पाथीभरा क्षेत्रमा निर्माण पक्ष र बिरोधी पक्षबिच भएको झडपमा परी ‘नो केबुलकार’ समूहका तीन जना गम्भीर घाइते हुनुभएको छ । त्यस्तै सरक्षाकर्मी प्रहरीतर्फका पनि डेढ दर्जन बढी सङ्ख्यामा घाइते भएका छन् । केबुलकारको विरोध गर्दै आएका समूहका केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: