Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

१०८ धारासहित नयाँ स्वरूपमा चम्कियो रामधुनी मन्दिर, धार्मिक पर्यटकको आकर्षण बढ्दै

खबरडबली संवाददाता

सुनसरी सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। मन्दिर परिसरमा निर्माण गरिएको १०८ धारा, धर्मशाला र अन्य संरचनाले यहाँ आउने दर्शनार्थी तथा पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा यहीँ धुनी बालेर एक रात विश्राम गरेको तथा आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वास रहेको रामधुनी मन्दिरमा वर्षभरि भक्तजनको आवागमन हुने गर्दछ। विशेषगरी रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायतका पर्वमा हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सङ्घीय सरकारको एक करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको १०८ धारा अहिले मन्दिरको मुख्य आकर्षण बनेको छ। धारा सञ्चालनमा आएपछि तीर्थयात्रीलाई स्नान गर्न सहज भएको छ भने धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक टेवा पुगेको विश्वास गरिएको छ।

यस्तै, सङ्घीय सरकार र रामधुनी नगरपालिकाको संयुक्त लगानीमा दुई करोड रुपैयाँको लागतमा धर्मशाला निर्माण भइरहेको छ। कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको ५० लाख रुपैयाँ सहयोगमा तपस्वीथान क्षेत्रमा सिँढी निर्माण तथा सीताकुण्ड वरिपरि टायल बिछ्याउने काम सम्पन्न भएको छ। गुठी संस्थानको सहयोगमा यसअघि सीताको मूर्ति पनि निर्माण गरिएको छ।

मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबारलगायतका संरचना निर्माण भइसकेका छन्। साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढिरहेको छ।

इटहरीबाट दर्शनका लागि आएका सञ्जोग श्रेष्ठले १०८ धारासहितको नयाँ संरचनाले रामधुनीको सौन्दर्य र धार्मिक महत्त्व दुवै बढाएको बताए। उनका अनुसार यस्ता पूर्वाधारले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

व्यवस्थापन समितिका अनुसार पछिल्ला वर्षहरूमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने श्रद्धालुको सङ्ख्या निरन्तर बढिरहेको छ। प्राकृतिक वातावरण, धार्मिक आस्था र आधुनिक पूर्वाधारको समन्वयले रामधुनी मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो ...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

१०८ धारासहित नयाँ स्वरूपमा चम्कियो रामधुनी मन्दिर, धार्मिक पर्यटकको आकर्षण बढ्दै

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको प्...

गणेश नेपालीकाे परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने महानगरकाे घाेषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्तति...

ज्याला माग्न जाँदा खुकुरी हानेर हत्या, परिवारका सबै पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि एकै घरका तीन जना पक्राउ परेका छन् ।...

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending