Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

खबरडबली संवाददाता

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घटना भएको छ। सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएपछि उनको अवस्था अत्यन्तै गम्भीर बनेको छ।

गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार साँझ हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग गहिरो रूपमा जलेको छ र अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।

"उहाँको अवस्था निकै गम्भीर छ। शरीरको अधिकांश भाग गहिरो रूपमा जलेको छ, त्यसैले आईसीयूमा राखेर उपचार गरिरहेका छौं," डा. नकर्मीले भने।

प्रारम्भिक जानकारीअनुसार विवेकले घरबाट करिब दुई सय मिटर टाढा पुगेपछि आफूमाथि पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

यो घटना भएको एक दिनअघि मात्रै काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। शरीरको ठूलो भाग जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।

लगातार दुई दिनमा भएका यी घटनाले नागरिकको मानसिक अवस्था, सामाजिक दबाब तथा आपत्कालीन मनोसामाजिक सहयोग प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। विवेकले आत्मदाहको प्रयास गर्नुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो ...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

१०८ धारासहित नयाँ स्वरूपमा चम्कियो रामधुनी मन्दिर, धार्मिक पर्यटकको आकर्षण बढ्दै

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको प्...

गणेश नेपालीकाे परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने महानगरकाे घाेषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्तति...

ज्याला माग्न जाँदा खुकुरी हानेर हत्या, परिवारका सबै पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि एकै घरका तीन जना पक्राउ परेका छन् ।...

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending