काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिकको पीडा सुन्न असफल भएको स्वीकार गरेका छन्। उनले सरकारलाई मात्र दोष दिएर आफूहरूजस्ता नीति तथा कानुन निर्माण गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि उम्किन नसक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेम्वाङले गणेश नेपालीको परिवारसँग क्षमायाचना गरेका छन्। उनले राज्यका निकायले समयमै गणेशको पीडा बुझ्न, सुन्न र आवश्यक सहयोग गर्न नसकेको स्वीकार गर्दै त्यसका लागि आफू पनि नैतिक रूपमा जिम्मेवार रहेको संकेत गरेका छन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै कुनै निकाय वा व्यक्तिको लापरवाही पुष्टि भए कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
नेम्वाङले आफूहरू पनि कानुन र नीति निर्माण गर्ने तहमा रहेको स्मरण गराउँदै सरकारतर्फ मात्रै औँला उठाएर जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्।
उनका अनुसार गणेश नेपालीको घटनाले राज्यका संरचना, आपत्कालीन तयारी र नागरिकप्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। उनले यस्ता घटनाबाट पाठ सिकेर राज्यको व्यवहार, नीति र कार्यशैलीमा परिवर्तन आउनुपर्ने आवश्यकता औँल्याए।
नेम्वाङले विकासको परिभाषा केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नहुने उल्लेख गर्दै सबैभन्दा पछाडि परेको नागरिकले पनि आफू सुरक्षित, सम्मानित र राज्यको संरक्षणमा रहेको अनुभूति गर्न सक्नु नै वास्तविक विकास भएको बताए।
उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै, यस घटनाबाट राज्य र समाज दुवैले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्। "यदि यो घटनाले हाम्रो चेतना र कार्यशैली परिवर्तन गर्न सकेन भने भविष्यमा फेरि अर्को गणेश नेपालीको पीडामाथि श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था दोहोरिन सक्छ," उनले उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: