Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

गणेश नेपालीकाे परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने महानगरकाे घाेषणा

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । महानगरले उक्त विषय कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उपचारका क्रममा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले गठन गर्ने छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख गर्दै छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने जनाइएको छ ।

साथै नेपाल सरकारसँगको समन्वय र सहकार्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गरिने तथा संवेदनशील परिस्थितिमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न महानगरले आग्रह गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो ...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

१०८ धारासहित नयाँ स्वरूपमा चम्कियो रामधुनी मन्दिर, धार्मिक पर्यटकको आकर्षण बढ्दै

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको प्...

गणेश नेपालीकाे परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने महानगरकाे घाेषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्तति...

ज्याला माग्न जाँदा खुकुरी हानेर हत्या, परिवारका सबै पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि एकै घरका तीन जना पक्राउ परेका छन् ।...

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

आत्मदाहअघि के भयो ? नगरप्रहरीको दाबी– भिडिओ खिच्दा गणेशले मोबाइल खोसे, त्यसपछि बढ्यो विवाद

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...

गणेश नेपाली प्रकरणमा सुहाङ नेम्वाङको आत्मालोचना : ‘सरकारलाई मात्र दोष दिएर हामी उम्किन सक्दैनौँ’

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending