उदयपुर । उदयपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फागुन १६ र १७ गते ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको हो ।
साइकलको माध्यमबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्यले साइड टु कोशी आयोजना गरिएको बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाँले जानकारी दिए ।
उनका अनुसार यात्रामा देशभरका तीन सयदेखि पाँच सयसम्म साइकलयात्रीले सहभागिता जनाउनेछन् । साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुरतर्फको कोशी टप्पुसम्म पुग्नेछ । त्यसपछि पुनः अर्को दिन सो यात्रा गाईघाट आएर समापन हुने बताइएको छ ।
आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने, बढ्दो सहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्त्वपूर्ण रहनेछ । २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: