पर्सा । पर्सा जिल्लामा १२ जनाले आफूले लिएको नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन् ।
विदेशमा गएर उतै बस्ने भएपछि त्यस्ता व्यक्तिले नागरिकता परित्याग गर्ने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की बताए । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामा ४ जना भदौ र असोज महिनामा १–१ जना अनि कात्तिक, मंसिर र पुस महिनामा २–२ जना गरी १२ जनाले नागरिकता परित्याग गरेका हुन् ।
यसै अवधिमा ३ हजार ७ सय ७१ जनाले नयाँ राहदानी लिएका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ हजार १ सय ६ जनाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जसमा ५ हजार ९ सय ८६ जनाले प्रतिलिपी र ६ हजार १ सय २० जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेसँगै कार्यालयमा प्रशासनमा हुने काम पहिलेभन्दा छिटो हुन थालेको सेवाग्राहीहरुको भनाइ छ । नागरिकता प्रतिलिपि फाँटका शाखा अधिकृत दिपककुमार पटेलले पहिले ३ देखि ५ दिन लाग्ने गरेको काम नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि आजको आजै प्रतिलिपि नागरिकता उपलब्ध गराउने गरेको बताए ।
नयाँ नागरिकता फाँटका शाखा अधिकृत कृष्णकुमार खतिवडाले सेवाग्राहीलाई समस्या नहुनेगरी कर्मचारी बढी समय खटेर भए पनि समयमै नागरिकता दिइरहेको बताए । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीले पाउने सेवा तथा काम गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, काम गराउँदा अपनाउनु पर्ने सचेतनालाई कार्यालय अवधिधर माईकिङ गर्ने गरेको छ । सेवाग्राहीको लागि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फारम कार्यालयमै निःशुल्क भर्ने सुबिधा मिलाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: