सांसद ओलीले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप आफूविरुद्ध सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको बताएकी छन्। उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पछिल्ला केही सातायता फेसबुक, टिकटक, युट्युबलगायत प्लेटफर्ममा आफूविरुद्ध गालीगलौज, चरित्रहत्या, घृणायुक्त अभिव्यक्ति र धम्कीपूर्ण सामग्री व्यापक रूपमा फैलाइएको उल्लेख गरेकी छन्।
उनका अनुसार व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार, ज्यान मार्ने तथा भौतिक आक्रमणका धम्कीहरू प्राप्त भएका थिए। त्यसपछि आफूले साइबर ब्युरोमा औपचारिक उजुरी दिएको र एक जना व्यक्ति पक्राउ परिसकेको उनले बताएकी छन्।
ओलीले लोकतान्त्रिक व्यवस्थामा आलोचना र असहमति स्वाभाविक भए पनि धम्की, घृणा, हिंसाको उक्साहट, चरित्रहत्या तथा सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
उनले सामाजिक सञ्जालमा आफ्नो विषयमा घृणा फैलाउने, अपमानजनक सामग्री पोस्ट गर्ने, शेयर गर्ने तथा टिप्पणी गर्ने व्यक्तिहरूलाई त्यस्ता सामग्री हटाउन चेतावनी दिँदै अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमा फैलिँदै गएको घृणाको संस्कृतिविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिलाई सामान्यीकरण गर्न नहुने धारणा व्यक्त गरेकी छन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहारलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ।
यस विषयमा चासो देखाएर आवश्यक पहल गरेको भन्दै उनले सुधन गुरुङ तथा नेपाल प्रहरीको साइबर ब्युरोलाई धन्यवादसमेत व्यक्त गरेकी छन्।
गत बुधबार प्रतिनिधिसभा बैठकका क्रममा गृहमन्त्री गुरुङले प्रतिपक्षी बेन्चमै पुगेर सांसद ओलीसँग यस विषयमा छलफल गरेका थिए। ओलीका अनुसार गृहमन्त्रीले धम्की दिने व्यक्तिहरूमाथि कानुनी कारबाही गरिने आश्वासन दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: