कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भारतीय नागरिकले खेतिपाती गर्दै कब्जा गरेका हुन् ।
निकुञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय किसानले तीन दशकभन्दा बढी समयदेखि नेपाली भूमि कब्जा गरेर खेती गरिरहेका छन् । पुरानो जंगे पिल्लरको २७ र २८ नम्बर अर्थात हाल नयाँ ७८७ देखि ७८८ नम्बर सीमा स्तम्भबिचको निकुञ्जकै नाममा रहेको जमीन भारतीय किसानले आफ्नो भन्दै खेतपाती गर्दै आएका छन् ।
भारतीय नागरिकले उक्त क्षेत्रमा सहायक सीमा स्तम्भहरू पनि गायब पारेका छन् । जोर सीमा स्तम्भ र त्यसका सहायक स्तम्भ पुननिर्माण, मर्मतसम्भारको जिम्मेवारी भारतीय पक्षको भए पनि उसले अहिलेसम्मस्तम्भ मर्मतसम्भार गरेको छैन । बरु आफ्ना नागरिकलाई नेपाली भूमि कब्जा गरेर खेती गर्न छुट दिएको छ । भारतीय किसानहरू भन्छन्, ‘केही जमीनको पुर्जा छ, केही कब्जा गरेका हौँ ।’ उनीहरू खुलमखुला नेपाली भूमि कब्जा गरेर खेती गरेको स्वीकार गर्छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब नौ सय बिघा जमीन भारतीय पक्षले तीन दशकदेखि उपभोग गरिरहेको थाहा हुन आएको बताए । प्रजिअ सापकोटाले भारतीय नेपाली पक्षले बिजोर मुख्य र सहायक सीमा पिलर पुर्ननिर्माण मर्मत गरे पनि भारतीय पक्षबाट ७८८ जोर सहितका सहायक सीमा पिलर मर्मत नगर्दा भारतीय नागरिकले आफ्नो भन्दै उपभोग गर्दै आएको बताए । ‘भारतीय पक्षले ७८८ सीमा पिलरमर्मत गरे उक्त अतिक्रमण समस्या हट्छ,’ प्रजिअ सापकोटाले भने, ‘हामीले गृह मन्त्रालयलाई उक्त सीमा पिलर पुनर्निर्माणका लागि जिल्लाबाट समेत पत्राचार गरेका छौँ ।’
जिल्लास्थित निकुञ्ज प्रशासन र सुरक्षा अधिकारीले मात्रै उक्त क्षेत्रमा पुग्न सक्ने भए पनि पहुँच कठिन छ । अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्जभित्रका थुप्रै नदीनालामाथि पुल नभएका कारण सवारीसाधन प्रयोग गर्न सकिँदैन । केही समयअघि प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीले उक्त क्षेत्र अनुगमनका लागि हात्तीको सहारा लिनुपरेको थियो ।
यसै वर्ष मात्र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा पर्ने थप ५० बिघा नेपाली जमीन खनजोत गरिरहेको पाइएपछि दुई जना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले दुई अतिक्रमणकारी भारतीयलाई नियन्त्रणमा लिएपछि केही रोकिएको बताए । पक्राउपछिको कदमले थप अतिक्रमण रोकिएको देखिए पनि दीर्घकालीन समाधानका लागि सरकारको सक्रियता आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: