कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भारतीय नागरिकले खेतिपाती गर्दै कब्जा गरेका हुन् ।
निकुञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय किसानले तीन दशकभन्दा बढी समयदेखि नेपाली भूमि कब्जा गरेर खेती गरिरहेका छन् । पुरानो जंगे पिल्लरको २७ र २८ नम्बर अर्थात हाल नयाँ ७८७ देखि ७८८ नम्बर सीमा स्तम्भबिचको निकुञ्जकै नाममा रहेको जमीन भारतीय किसानले आफ्नो भन्दै खेतपाती गर्दै आएका छन् ।
भारतीय नागरिकले उक्त क्षेत्रमा सहायक सीमा स्तम्भहरू पनि गायब पारेका छन् । जोर सीमा स्तम्भ र त्यसका सहायक स्तम्भ पुननिर्माण, मर्मतसम्भारको जिम्मेवारी भारतीय पक्षको भए पनि उसले अहिलेसम्मस्तम्भ मर्मतसम्भार गरेको छैन । बरु आफ्ना नागरिकलाई नेपाली भूमि कब्जा गरेर खेती गर्न छुट दिएको छ । भारतीय किसानहरू भन्छन्, ‘केही जमीनको पुर्जा छ, केही कब्जा गरेका हौँ ।’ उनीहरू खुलमखुला नेपाली भूमि कब्जा गरेर खेती गरेको स्वीकार गर्छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब नौ सय बिघा जमीन भारतीय पक्षले तीन दशकदेखि उपभोग गरिरहेको थाहा हुन आएको बताए । प्रजिअ सापकोटाले भारतीय नेपाली पक्षले बिजोर मुख्य र सहायक सीमा पिलर पुर्ननिर्माण मर्मत गरे पनि भारतीय पक्षबाट ७८८ जोर सहितका सहायक सीमा पिलर मर्मत नगर्दा भारतीय नागरिकले आफ्नो भन्दै उपभोग गर्दै आएको बताए । ‘भारतीय पक्षले ७८८ सीमा पिलरमर्मत गरे उक्त अतिक्रमण समस्या हट्छ,’ प्रजिअ सापकोटाले भने, ‘हामीले गृह मन्त्रालयलाई उक्त सीमा पिलर पुनर्निर्माणका लागि जिल्लाबाट समेत पत्राचार गरेका छौँ ।’
जिल्लास्थित निकुञ्ज प्रशासन र सुरक्षा अधिकारीले मात्रै उक्त क्षेत्रमा पुग्न सक्ने भए पनि पहुँच कठिन छ । अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्जभित्रका थुप्रै नदीनालामाथि पुल नभएका कारण सवारीसाधन प्रयोग गर्न सकिँदैन । केही समयअघि प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीले उक्त क्षेत्र अनुगमनका लागि हात्तीको सहारा लिनुपरेको थियो ।
यसै वर्ष मात्र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा पर्ने थप ५० बिघा नेपाली जमीन खनजोत गरिरहेको पाइएपछि दुई जना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले दुई अतिक्रमणकारी भारतीयलाई नियन्त्रणमा लिएपछि केही रोकिएको बताए । पक्राउपछिको कदमले थप अतिक्रमण रोकिएको देखिए पनि दीर्घकालीन समाधानका लागि सरकारको सक्रियता आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: