Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

खबरडबली संवाददाता

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जयसवालको रहेको खुलेको छ। यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको अभिलेखअनुसार उक्त गाडी रवि जयसवालको नाममा दर्ता रहेको पुष्टि भएको हो।

जयसवाल रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका कान्छा छोरा हुन्। मेयर कलवार नेकपा (एमाले)बाट निर्वाचित भएका हुन्।

मेयर कलवारले गाडी आफ्ना छोराकै भएको स्वीकार गर्दै केही महिनाअघि उनले आफ्नै व्यवसायबाट कमाएको रकमले खरिद गरेको बताए। उनले भने, “नराम्रो नियतले त्यस्तो गरेको जस्तो लाग्दैन, तर अहिलेसम्म छोरासँग मेरो कुरा भएको छैन।”

जयसवाल केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए। पार्टीको महाधिवेशनअघि महामन्त्री भूपदेव शाहबाट टीका ग्रहण गरी पार्टीमा प्रवेश गरेका उनलाई पछि केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरिएको थियो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले ४ हजार २७२ मत प्राप्त गरेका थिए।

व्यवसायका रूपमा विभिन्न देशबाट कोइला आयात गरी नेपालका उद्योगहरूमा आपूर्ति गर्दै आएका जयसवाल अधिकांश समय काठमाडौंमै बस्ने गरेका छन्। उनी आफूलाई रास्वपाभित्र ‘बालेन समूहको नेता’ भनेर चिनाउने गरेको पनि बताइन्छ।

हाल कान्तिपुर पब्लिकेसन्सको गेटमा गाडी किन र कसरी छाडियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेवारिसे गाडी प्रकरणमा नेकपा नेता सरल सहयात्री पौडेलको आक्रोश, 'यो सालिन आतंक कसले सिर्जना गर्‍यो?'

काठमाडौं। नेकपा नेता सरल सहयात्री पौडेलले शुक्रबार बिहानदेखि सञ्चारगृह, केही स्थान र व्यक्तिलाई लक्षित गरी शंकास्पद रूपमा बेवारिसे गाडी छाडिएको घटना...

बेवारिसे गाडी प्रकरण: पाँच स्थान, पाँच गाडी, एउटै रहस्य

काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending