Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

खबरडबली संवाददाता

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।

सञ्चारमाध्यमहरूको नियमन गर्ने प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यमबीच समन्वय गर्ने सरकारी निकाय मानिन्छ । श्रेष्ठ  पछिल्लो समय नेपालफ्याक्टचेकको सम्पादको रुपमा कार्यरत थिए ।

पत्रकारिता तथा आमसञ्चारमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठ  पछिल्ला वर्षहरूमा  मिथ्या सूचनाहरूको तथ्यजाँच र प्रशिक्षकको काम गरिरहेका व्यक्ति हुन् । मिडिया नीतिका  जानकार उनले  सिएमआर नेपाल जर्नालिजम एकेडेमीको प्रमुख प्रशिक्षकका रूपमा पत्रकारहरूलाई डिजिटल अनुसन्धान, डाटा पत्रकारिता, र एआईको प्रयोगबारे तालिम दिँदै आएका थिए ।

सिटी टाइम्स, अप्सरा साप्ताहिक र स्पेस टाइम दैनिक जस्ता छापा माध्यमहरूमा काम गरेका उनी  नेपालमा इन्टरनेटको प्रयोग सुरू हुन थालेपछि डिजीटल पत्रकारिताको अभ्यासमा लागेका  थिए ।

अनलाइन समाचार पोर्टल परेवा डट कम र  पहिलो नेपाली ब्लग  माइसंसारको सुरुवात पनि उनले गरेका थिए । उनी अहिले पनि माइसंसारमा ‘सालोक्य’को नामबाट  ब्लगिङ गर्छन् ।

उनीसँग नागरिकन्यूज, अन्नपूर्ण पोस्ट डट कम, पहिल पोस्ट डट कममा सम्पादकीय नेतृत्व गरेर काम गरेको अनुभव छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेवारिसे गाडी प्रकरण: पाँच स्थान, पाँच गाडी, एउटै रहस्य

काठमाडौं । सोमबार बिहान राजधानीका पाँच फरक–फरक स्थानमा शंकास्पद शैलीमा गाडी छाडिएपछि दिनभर काठमाडौं त्रास, अन्योल र आशंकाले भरियो। सञ्चारगृह, प्रमुख र...

गेट–गेटमा गाडी, शहरभर त्रास : पर्दापछाडि को ?

सञ्चारगृह र सार्वजनिक व्यक्ति लक्षित सांकेतिक आतंक

कान्तिपुरको गेटमा बेवारिसे छाडिएको गाडी रौतहटका मेयरका छोराको रहेको खुलासा

काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जय...

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले का...

गगन थापाको घरअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि तेर्स्याएर पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ। सोमबार बिहा...

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीमाथि तोकिएन सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले ...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो क्याविनेटले उनलाई नियुक्तिको निर्णय गरेको हो । तर,...

नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्। सप्तरी प्रहरीका अनु...

शिक्षा अधिकृतमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

काठमाडौं । घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि गुडिरहेको मोटरसाइकलमै मोबिल खन्याएर दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि वडा सदस्य पक्रा...

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending